नक्कली भुटानी शरणार्थी प्रकरण : सानु भण्डारीको बयान(पूर्ण पाठसहित)
सानु भण्डारीको बयान संक्षेप
–मैले २ असार ०७६गतेतिर निजर राई र इन्द्रजीत राईलाई सँगै होटलमा भेटी नगद एक करोड ५० लाख दिएको हुँ । सो रकम मैले राईलाई दिने बेलामा उनको चालक खटिएका हालका एकिन नाम थाहा नभएको प्रहरी पनि सँगै थिए । उनले पनि पैसा दिएको कुरा थाहा छ । ०७६ सालको साउन महिनाको १४–१५ गते मैल्े उक्त रकम इन्द्रजीत राईलाई बुझाएको हुँ । त्यतिबेला राईले हाल बसोवास गरिरहेको गोदावरीमा घर किन्न लागेका थिए ।
– निरज सरलाई नगद दिएको भन्ने शिर्षकमा ५० लाख, २०७६ असार २३ गते निरज राई सरलाई दिएको पैतिस लाख, २०७६ असार २६ गते निरज राई सरलाई फेरी नगद र डा. इन्द्रजित राई सरलाई दिएको ६० लाख भनी लेखिएको हिसाब किताब सही हो । इन्द्रजित राईले मलाई मेरो परिवारलाई समेत भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु । त्यसको लागी रकम दिनु पर्छ भनी मलाई भनेको हुँदा मेरो लालपुर महालक्ष्मी नगरपालिका वडा नं.–४ मा रहेको घर आईसिएफसि फाईनान्समा राखी रकम निकाली सोही रकम निजलाई उक्त मितिमा दिई मेरो आफ्नो डायरीमा पछी सम्झना र प्रमाण पुग्छ भनी रकम दिएको विवरण हो ।
–मैले ०७६ साउन २५ गते मन्त्री क्वार्टर पुल्चोकमा गई नैनकला थापालाई नगदै एक करोड बुझाएको हुँ । त्यसवेला इन्द्रजित राईको सुरक्षामा खटिएका प्रहरी पनि साथै थिए । मलाई इन्द्रजित राईले यो गाडी सचिवज्यूको हो, उक्त रकम गाडीमा राखिदिनु भनेर भनेको हुँदा मैले साथमा लिई गएको नगद एक करोड गाडीमा राख्न लगाई सचिव प्रेमकुमार राईको कार्यकक्षमा बोलाएको हुँदा म निजको कार्यकक्षमा गएको हुँ ।
– २०७४ माघ २० सम्म ३ पटक गरी रु.५,४५,००० दिएको भनी लेखिएको छ । मैले डायरीमा टोप बहादुर मामा भनी लेखेको व्यक्ति पूर्वउपप्रधानमन्त्री तथा उर्जा मन्त्री टोपबहादुर रायमाझी हुन । भुटानी शरणार्थी बनाई अमेरिका पठाईदिने भन्ने प्रयोजनको लागी निजलाई दिएको रकम हो ।
–वरामदी डायरीको पाना २९ शुक्रवार माघ ०७२ लेखिको पानमा सन्दीप रायमाझी भाईलाई दिएको रकम विवरण शिर्षकमा ०७४ बैशाख ४ गते देखि ०७४ चैत ३० गतेसम्म २० पटक गरी ६९ लाख ६५ हजार ५ सय दिएको भनी लेखिको रकम लिने सन्दीप रायमाझी भन्ने व्यक्ति पूर्व उपप्रधानमन्त्री तथा उर्जा मन्त्री टोपबहादु रायमाझीको आफ्नै छोरा हुन् ।