लम्पी स्किन रोगले गाईहरु मरिरहेको सरकारले देखेन : सांसद बर्तौला

काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले गाई पालक किसानहरुलाई राहत प्रदान गर्न सरकारसंग माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यो विषयमा पटक पटक संसदमा कुरा उठ्दा पनि सरकारले वेवास्था गरेको गुनासो गरे ।
सांसद वर्तौलाले भने ‘ यदि सरकारको आँखा र कान छ भने यो सदनमा पटक पटक लम्पी स्किनका बारेमा विषय राखेका छौं । तर मकवानपुरमा २०० भन्दा गाईहरु मरिसके ५ हजार भन्दा बढी गाईहरु संक्रमित छन् । पटक पटक भनियो सरकार सुन्दैन् । सरकार देख्दैन् किसानहरुलाई राहत प्रदान गर्न म आग्रह गर्न चाहान्छु । ’