११ बुँदेसहमति पछि सांसद गौतमले तोडे अनसन
बर्दिया । बर्दियामा अनसन बसेका सांसद एवं पुर्व सिचाई मन्त्री संजय कुमार गौतमको अनसन (सत्याग्रह) तोडेका छन् ।
अनसन बसेको आठौँ दिनमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जुस खुवाएर अनसन स्थगीत गराएका हुन् ।
सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै मन्त्री ज्वालाले अनसन स्थगीत गर्नका लागि वार्ताको पहल गरेका थिए । सांसद गौतम र मन्त्री ज्वाला विच ११ बुँदे सहमति भए सँगै अनसन स्थगित भएको हो ।
भत्किएका पुलका अवसेसहरु जेठ २० गते सम्म हटाउने, नयाँ पुल निर्माणको लागि जेठ महिना भित्र टेण्डरको सूचना निकाल्ने, बबई सिचाई आयोजनाको बाँकी कार्य निर्धारित समय भित्र सम्पन्न गर्ने, नदि नियन्त्रणका कार्यहरु अगाडी बढाउने, भुरिगाउँ तेलपानी सडक निर्माण, गुलरिया मुर्तिया नाका सञ्चालन तयारी गर्ने लगाएतका ११ बुँदे सहमति भएको छ ।
मन्त्री ज्वालाले जेठ महिना भित्रै जब्दीघाटमा नयाँ पुल निर्माणको सुरुवात गर्ने बताउनु भयो । उहाँले सांसद गौतमले उठाएका मुद्दाहरु जायज भएको हुनाले सबै मुद्दाहरुको सम्बोधन सम्बन्धीत मन्त्रालयहरु गर्ने बताए ।
गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल भाँचिएको ७ बर्ष वित्दा पनि पुर्ननिर्माण भएको थिएन । गत असोज २२ गतेका दिन भाँचिएको पुलको तिन ओटा सल्याब बगाएर तल खसालेको छ ।
सल्याबले नदीमा सहज रुपमा पानी बग्न नदिई बाँधको रुपमा काम गरीरहेको छ । आउँदो बर्षातको समयमा बर्दियाको सदरमुकाम गुलरिया, बारबर्दिया र मधुवन नगरपालिका डुब्ने खतरा देखिएको थियो ।
२०६५ सालदेखि निर्माण शुरु भएको पुल करिब दश वर्षपछि सम्पन्न भएको थियो । ४२५ मिटर उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा ०७४ सालमा सम्पन्न भएको थियो । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै २०७४ साल साउन २९ गते आएको बाढीले पुलका तीनवटा स्पान भासिएका थियो । भने गत असोज २२ गते आएको बाढीले १७ वटा स्पान मध्ये पूर्व तर्फको तीनवटा स्ल््याव र स्पान बगाएको थियो ।