सरकारको नीति तथा कार्यक्रम सर्मथन योग्य छैन : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्मथन योग्य नरहेको तर्क गरेका छन् ।
शनिबार संसदीय दलको बैठकमा उनले सरकारले हिजो संसदमा पेश गरेको नीति तथा कार्यक्रमले कुनै कुरालाई सम्बोधन गर्न नसकेको तथा गन्तव्यहिन भन्दै स्वीस्कारयोग्य नभएको टिप्पणी गरे ।
उनले भने, ‘यस वर्षको नीति कार्यक्रमले त यस वर्ष यहाँ पुग्छु भन्नुप¥यो नि त, यस वर्ष यति गर्छौ भन्न प¥यो नि, यो त के हो भने लोकतन्त्र के हो भनेर क्याम्पसमा विद्यार्थीलाई पढाए जस्तो छ ।’
आफ्नो सरकार हुँदा ल्याएको कार्यक्रमलाई निरन्तरता दिएका जति राम्रो र अहिलेको सरकारले ल्याएको जति सबै कामै नलाग्ने भएको जस्तो उनको तर्क छ ।
उनले भने, ‘यसले कुनै मार्गदर्शन गर्दैन् र यो स्वीकार योग्य छैन् । समर्थन योग्य छैन्, विरोधयोग्य छ र यस्तो फाल्तु कार्यक्रम नीतिका नाममा दस्तावेज पेश हुनु दुभायपूर्ण कुरा हो ।’