लडाकुको नाममा भ्रष्टाचार भएको भन्ने आरोप पूर्वाग्राही छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकूको नाममा भ्रष्टाचार भएको भन्ने आरोप गलत रहेको जिकिर गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री दाहालले लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भए आफु जेल जान तयार रहेको बताए ।
प्रधानमन्त्री दाहालले भने ‘ यदि त्यस्तो केहि छ भने छानबिन गर्नुपर्छ भने मैले बिभिन्न उच्चतम पदमा भएका सबैको सम्पति छानबिन गर्न तयार छु । क्यानटोनमेन्टको कुरा पूर्वाग्राही छ भन्ने कुरामा दृढविश्वास छ, फेरि कसैले दिएको उजुरीको आधारमा छानविन गरेर दोषी ठहरे म आफै जेल जान तयार छु ।’