निर्दोष नफसोस र दोषी न छुटोस
शाब्दिक रूपमा, ‘भ्रष्टाचार’ ले व्यक्तिको आचरणलाई जनाउँछ । जुन उसको सामाजिक रूपमा अपेक्षित व्यवहार ढाँचाहरू भन्दा फरक हुन्छ । ‘भ्रष्टाचार’ जसको अर्थ आदर्श र नैतिकतामा तोडफोड गर्नु, घूस लिनु हो । ‘भ्रष्टाचार’ हुनुको मुख्य कारण मूल्य मान्यताको अभाव र समाजप्रतिको आफ्नो प्रतिबद्धता नहुनु हो । प्रतिबद्धता घट्ने बित्तिकै व्यक्तिको आत्मविश्वास डगमगाउन थाल्छ र जहाँ उसले केही फाइदा देख्छ र त्यही दिशामा झुक्न थाल्छ। सबैले मौका पाए भ्रष्टाचार गर्न छोड्दैनन,भन्ने पनि देखिन्छ । छुटपुट बाहेक ।
‘भ्रष्टाचार’ घुसखोरी सामाजिक जीवनमा व्याप्त निको नहुने रोग नै हो,भन्दा पनि हुन्छ । त्यस्तै, सरकारी निकायका पदाधिकारी र नेताले आफ्नो हितमा काम गर्न वा निज विरुद्ध कारबाही गर्न कुनै व्यक्ति वा समूहबाट पैसा लिने चलन ब्यप्त छ ।
नेपालको फौजदारी कानूनले यसलाई गैरकानूनी घोषणा गरेको छ र घुसखोरीसँग सम्बन्धित पक्षहरूलाई कानुनी कारबाही गरिन्छ भन्ने पनि उल्लेख छ । तर कानुनको कठघरामा परेपछि मात्रै त्यसको विरुद्धमा कारबाही हुन्छ र जब दुवै पक्ष (घूस दिने र दिने) बिचको सबुत प्रमाण भेटिन्छ । संयोग बस अहिले त्यसको खोजी हुदैछ ।
यसमा,अर्को पाटो पनि जोडिएको छ, त्यो हो संरक्षण । संरक्षण भ्रष्टाचारको सरल रूप हो । यसमा नातावाद र पक्षपात हावी हुन्छ । सार्वजनिक जीवनमा प्रभावशाली पदमा बसेका व्यक्तिले छोरा-छोरी र आफ्ना समर्थक व्यक्तिका लागी संरक्षण गर्छन भने त्यसलाई नै पक्षपात भनिन्छ । दुवै प्रकारका संरक्षण नेपाली समाजमा धेरै प्रचलित छन ।
मैले देखेको अर्को पाटो भनेको भ्रष्टाचारले व्यक्तिको चरित्रमा ह्रास ल्याउँछ, ल्याउँछ । चाहे तिनीहरु लाई कार्वाही होस या नहोस । शक्ति र चरित्र मानिसहरुले नियालेकै हुन्छन । त्यसैले,चरित्रमा पतन भएका यस्ता व्यक्ति असल प्रशासक वा राजनीतिज्ञ हुन सक्दैनन । काम चलिरहेको छ, वा ‘कुर्सी सुरक्षित छ भन्ने उनीहरुको मुख्य मन्त्र नै बनेको हुन्छ ।
यसरी स्पष्ट गर्नसकिन्छ कि ‘भ्रष्टाचार’ भनेको आफ्नो शक्तिको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो वा आफ्नो राजनीतिक दलको लागि अनुचित र अवैध प्रयोग हो । त्यसैले सामान्य अर्थमा व्यक्तिगत वा पारिवारिक स्वार्थका लागि कर्तव्यलाई बेवास्ता गर्नु,अनैतिक र गैरकानुनी काम गर्नु भनेकै ‘भ्रष्टाचार’ हो नै सामाजिकरुपमा नाङगिनु पनि हो । लाग्छ,अबका दिनमा भ्रष्ट्राचारीको पतन ठिलो वा चाडो हो तर हुन्छ । यसको जस ‘प्रचण्ड’ सरकार ले लिन्छ या लिदैन,त्यो त हेर्न बाकी नै छ।
(लेखक- बिजय बगाले, अमेरिकाको भर्जिनिया मा बस्नुहुन्छ ।)