अमेरिकामा क्रियाशील नेपालीका नौ वटा संस्थाद्वारा नेपालमा शैक्षिक सामाग्री वितरण
विराटचोक,मोरङ/ अमेरिकामा क्रियाशील नेपालीका नौ वटा संस्थाले नेपालमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्।मोरङको सुन्दरहरैँचा नगरपालिका -३ स्थित श्रीखण्ड माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री वितरण गरिएको हो।
नेपाली अमेरिकन कम्युनिटी अफ न्यु योर्कको तर्फबाट बिहीबार एक कार्यक्रमका बिच ब्याग तथा शैक्षिक सामाग्री वितरण गरिएको हो।सुन्दरहरैँचा-३ स्थायी घर भई हाल अमेरिकाको न्यु योर्क स्थित लङआल्याण्ड बस्दै आएका नासो सेन्ट्रल नेपाली लाइन्स क्लबका अध्यक्ष टीकाराज ढकाल अगुवाइमा कक्षा १ देखि ५ सम्म अध्ययन गरिरहेका एक सय २८ जना विद्यार्थीहरूलाई सामाग्री प्रदान गरिएको हो।
पिछडा वर्ग गरिब तथा विपन्न परिवारका बालबालिकालाई हौसला प्रदान गर्ने उद्देश्यका साथ ब्याग तथा शैक्षिक सामाग्री वितरण गरिएको ढकालले बताए । आदिवासी,पिछडा वर्गका विद्यार्थीको सङ्ख्या धेरै रहेको यो सामुदायिक विद्यालयमा भविष्यमा पनि सक्दो सहयोग गरिने ढकालले प्रतिबद्धता पनि गरे ।
ढकालका अनुसार प्रतिविद्यार्थी एक ब्याग, १० पेन्सिल, एक रेजर, एक कटर र १२ कलर पेन्सिल गरि करिव एक लाख २० हजार रुपैया बराबरको सामाग्री वितरण गरिएको छ।
ती सामाग्रीहरूका लागि बिटी फाउन्डेसन अमेरिकाका विश्वराज बास्तोला , केटिएम लाइन्स क्लब न्यु योर्ककी रश्मि श्रेष्ठ ,दिलकुमारी केसी फाउन्डेसन न्यु योर्कका नवराज केसी , नासो सेन्ट्रल नेपाली लाइन्स क्लब न्यु योर्कका टिकाराज ढकाल , आरके फाउन्डेसन अमेरिका वेद खरेल , पार फाउन्डेसन अमेरिकाका एलिजाबेथ ढकाल , एमबी फाउन्डेसन न्यु योर्कका,महेश खडका टीका भक्त फाउन्डेसन, शङ्कर भण्डारी ,जुनकिरी नेपालका बाबुराम शर्माले सहयोग गरेका थिए।
सामाग्रीको मूल्य र प्रचार भन्दा पनि आफूहरूले सन्देश दिन खोजेको हाल नेपाल भ्रमणमा आएका ढकालले बताए। ‘नौ संस्थाको तर्फबाट विद्यार्थीलाई सामाग्री वितरण गर्दा पैसा भन्दा पनि हामीले सन्देश दिन खोजेका छौ।’ सामाग्री वितरण पछि समाज टाइम्स सँग ढकालले भने,’अरूले पनि गरुन् भन्ने हो, यस्ता समाचारले अरूलाई पनि जागरूक बनाउँछ, ए हामीले पनि आफ्नो गाउँ ठाउँमा सहयोग गर्नु पर्छ भन्ने हुन्छ।’
ढकालले सामान्य शैक्षिक सामाग्रीको अभाव झेलिरहेका विद्यार्थीलाई पनि यस्तो सहयोग उपयोगी हुने बताए। ‘ए पढ्नु पर्छ है सहयोग पाइन्छ भन्ने विद्यार्थीहरूलाई पनि पर्छ।’ ढकालले भने।
ढकालले उल्लेखित संस्थाको तर्फबाट गतवर्षहरुमा पनि सुन्दरहरैँचा नगरपालिका -३ स्थित जनता आधारभूत विद्यालयमा ८० जना भन्दा बढी विद्यार्थीलाई ब्याग तथा शैक्षिक सामाग्री वितरण गरेको बताए।
शैक्षिक सामाग्री वितरण कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर अकली चौधरीले छात्राहरूको लागि सेनिटरी प्याड डिस्पोज गर्ने भेन्डिङ मेसिन विद्यालयलाई प्रदान गरिन्। कार्यक्रममा ढकाल विशेष अतिथि थिए।
त्यस्तै सोही वडाको पूर्व वडाध्यक्ष जीवन ढुङ्गाना,सुकुन् क्याम्पसका पूर्व स्ववियु सभापति बद्री अर्याल,वडा सदस्य निलम अधिकारी,नेपाल पूर्व मिडियाका सञ्चालक समिति उपाध्यक्ष श्रवण घिमिरे,शिक्षक अभिभावक संघका अध्यक्ष लालबहादुर खड्का,समाजसेवीहरू कमल न्यौपाने,मातृका दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्र.अ. घनश्याम भट्टराईले स्वागत मन्तव्य गरेका थिए भने शिक्षक तोयानाथ फुएलले कार्यक्रम संचालन गरेका थिए । उक्त ब्याग तथा शैक्षिक सामाग्री सहयोगका लागि दातृसंस्था र विद्यालयबिच शिक्षक घनश्याम धमलाले समन्वय गरेका थिए ।