‘दिलु पराजुली र म दुबै जना अध्यक्षका लागि मैदानमा हुने संभावना छ’: सुमन थापा

पेन्सिलभेनिया,अमेरिका/ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद(एनसीसी) अमेरिका उपाध्यक्ष सुमन थापाको पछिल्लो कदमले आगामी निर्वाचनलाई रोचक मोडमा धकेलिदिने संकेत गरेको छ।
शुरुमा दिलु पराजुलीलाई अध्यक्ष र थापालाई बरिष्ठ उपाध्यक्षको रुपमा संस्थापन पक्षले ‘टिम’ बनाउदै गरेको चर्चा हुन थालेको थियो।
तर थापा अध्यक्षको दावेदारको रुपमा मैदानमा आएका छन्। भलै उनले औपचारिक रुपमा यसको घोषणा भने गरेका छैनन्। पछिल्ला दुई साता सदस्याता विस्तारमा विभिन्न राज्य पुगेका थापाले अनऔपचारिक रुपमा भोट नै मागे।
थापाको यो कदमलाई लिएर विभिन्न अडकलहरु काटिएका छन्। मुख्यतय एनआरएनए अमेरिकाका हालमा बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले अब आफु चुनावी मैदानमा नभएको घोषणा गरे पछि संस्थापन पक्षले नयाँ चाल चलेको कतिपयले अनुमान गरेका छन्।
अमेरिकी एनआरएनएमा संस्थापनको विरुद्धमा जनमत देखिन्छ। तर उनीहरु मिल्न सकेका थिएनन्। यस पटक संस्थापन पक्ष इतरमा डा. अर्जुन बञ्जाडे एक्लो उमेदवार हुने देखिएका छन्। यस्तो स्थितिमा संस्थापन पक्षकै नयाँ रणनीतिको रुपमा थापालाई अगाडि सारिएको अडकल काटिएको छ।
एनआरएनए अमेरिकाको सदस्यता र उनको नयाँ कदमबारे समाज टाइम्सले सुमन थापा सँग गरेको कुराकानी
एनआरएनए अमेरिकाको सदस्य संख्या त घट्यो नी कसरी लिनु भएको छ ?
यो त बढेको हो। जुन हिसावमा एमआइएस सिस्टममा आफ्नो भोट आफै खसालौ भन्ने थियो, त्यो नारा हाम्रो संस्थाले ल्याएर गयौ यो त वन अफ दि बेष्ट नम्वसर, जुन मान्छेहरु कतिले त एब्लिकेशन फिल गर्न सकेनन्। त्यो नम्वर हेर्दा हामीले त बीस हजार भन्दा बढी मान्छेले त हाम्रोमा गएर ट्राइ त गरेका थिए नी। हामी यसमा सफल चै भएको हो। पहिलो पटक एमआइएसमा गएर जुन क्रेडिट कार्डको सिस्टम छ, अरुले बनाइदिन नमिल्ने आफ्नो आफैले पे गर्नु पर्ने । आफ्नो सदस्यता आफैले लिएका छन् सबैले त्यसले गर्दा हामी चै सफल भएक हौ यो पाली।
यो भन्दा पहिला उमेदवारहरुले आफैले पैसा खर्च गरेर धेरै सदस्यता बनाए भन्ने आरोप थियो,त्यो आरोपलाई यो पटक प्रमाणित गर्छ की खण्डन गर्छ?
त्यो कुरामा पहिलामा के भयो त्यो पास्ट भयो। यो पालि आफ्नो क्रेडिट कार्ड, आफैले बनेन भने डिक्लाइन हुन्छ। त्यो भनेको सतप्रतिशत आफ्नो सदस्यता आफैले लिएको छ। कसैले मलाई हराउने जिताउने होइन की पब्लिकले यस पटक चै ट्रु लिडर आउछ भन्ने छ मलाई।
यो पटक पनि संभावित उमेदवारबाट पैसा खर्च भयो सदस्यता बनाउन भन्ने आएको छ। त्यस्तो भएको हो ?
यस्तो छ, मान्छेले भन्ने, पैसा खर्च गर्ने, यो दशवटा कुरा त आएको छ। अलिअलि त मार्केटमा देखिन्छ नी त। तर कसैले पनि अर्काले दिएर भनेको चै छैन। गिफ्टकार्ड प्रयोग हुदैन त्यो भने पछि कसरी पैसा दिने।
अब तपाईको भूमिका के हुन्छ?
म एउटा उपाध्यक्ष हो । मेरो चाहाना संस्थालाई राम्रो बनाउने नै हो। संस्थामा काम गरेको यत्रो भयो अझै काम गर्न बाँकी छ। पोलिसि लेवलमा धेरै कामहरु बाँकी नै छ। चाहाना त भइहाल्छ तर पनि साथीभाइ सँग राम्रो टिम ल्याएर संस्थालाई राम्रो गर्ने मान्छे ल्याउने मेरो चाहाना छ।
तपाई आफै अध्यक्षको उमेदवार हो कि होइन?
अब अध्यक्षको उमेदवार, उपाध्यक्षको हिसावले हो। तर पनि साथीहरु सँग मिलेर जानु पर्छ। मलाई अध्यक्ष पदको उमेदवार दिने भए दिने नत्र मैले जानेको छ त्यो होइन। साथीभाई सबैलाई मिलाएर यो झैझगडा नगरि सबै जना मिलेर संस्थालाई राम्रो बनाएर लैजानु पर्छ। एक जनाले केही पनि गर्न सक्दैन।
संस्थापन पक्षमा यस पटक दिलु पराजुलीलाई अध्यक्ष र तपाई बरिष्ठ उपाध्यक्ष भनेर सहमति भएको थियो, तर तपाई पछिल्लो समय एकाएक अध्यक्ष भनेर आउनु भयो कहाँबाट यस्तो परिवर्तन भयो तपाईमा भनेर आम मान्छेको चासो छ।
एकाएक परिवर्तन होइन। अहिले पनि संस्थालाई बलियो बनाउन भनेरै लागेको छु। म अध्यक्षको उमेदवार तपाई सदस्य बनिदिनुस भनेर गएकै छैन। संस्थामा म उपाध्यक्ष हुदै गर्दाको मेरो जिम्मेवारी पुरा गरेको मात्र हो। भोली म जाउला नजाउला जितौला हारौला त्यो दोस्रो कुरा हो। तर मैले गर्ने कामहरु जुन संस्थामा उपाध्यक्षको हैसियतमा गर्नु पर्ने हो त्यसमा म सफल भए। म अन्तिम समयमा हिडे र सदस्यको संख्या बढ्यो म आफूलाई बलियो भएर मैले आफ्नो जिम्मेवारी पुरा गरे भन्ने मात्र लागेको छ मलाई। म अध्यक्षको उमेवार भएर अगाडि गएकै छैन अहिले सम्म ।
दिलु पराजुली र तपाई दुबै जना मैदानमा हुनुहुन्छ की एक जना ?
यस्तो छ अहिले नै हामीले दुई जना हुन्छौ कि एक जना । सहमति अनुसारले त बढ बस्छु । म बस्छु त बढ भन्ने त होइन । भोली हामी मिलेर जान पनि सक्छौ। होइन सहमति अनुसार मिलेन भने त दुई जना लड्न पनि सक्छौ।
त्यो भनेको ?
भनेको मतलव अर्जुन दाई दिलु र म तीनै जना उमेदवार । त्यो नहोला भन्ने छैन। दिलु र म त एउटै कमिटीमा हामी संस्थापन पट्टी भनिएको छ । कस्तो हो भने हामी गर्न जाने भनेको त संस्था बनाउने नै हो कसैको व्यक्तिगत स्वार्थ छैन त्यहाँ। टाइम नै दिन जाने हो संस्थालाई सहयोग गर्नै जाने हो। त्यसको लागि नेतृत्व लिन म पनि तयार छु। अब हामी भोली सबै कुरा खुल्दै जान्छ। मेरो लक्ष्य चै के हुन्छ भने मिलेर जाँउ संस्थालाई उदाहरणिय बनाउने भन्ने मेरो लक्ष्य हो ।
मिल्ने चै कस्को नाममा संभावना छ ?
सबै जना। अर्जुन दाई दिलु र मेरोमा पनि। हामी सबै जना एउटा संस्थामा मिलेर जाँदा एउटा सन्देश पनि दिनु पर्ने छ अहिले । संस्थालाई मान्छेले विश्वास पनि गरेका रहेछन। त्यसले मिलेर जादाँ पनि मलाई कुनै आपत्ति छैन। म नै हुनु पर्छ भन्ने छैन।
कृष्ण लामिछानेको घटना पछि अहिलेका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तले म अब उमेदवारको रेसमा छैन भन्नु भएको थियो। त्यस पछि मैदानमा अर्जुन बञ्जाडे र दिलु पराजुली मात्र हुनुहुन्थो तर तपाई पनि मैदानमा आउनु भयो।
होइन मैले अहिले सम्म पनि मैदानमा भन्दा पनि उपाध्यक्षको जिम्मेवारी मात्र पुरा गरेको हो। म रेसमा चै हो, भोली गएर। आजको दिनमा त मैले मेरो मेम्वरसिप सकिसकेको छु, हिजो दिन सम्म मैले नभन्नुको मेरो संस्थागत जिम्मेवारीले हो। म नै उपाध्यक्ष, म नै सदस्य बनाउ अनि म नै अध्यक्ष उठ्ने भन्दा त गलत हो त्यो चै ।
तपाईको सबै भन्दा कमजोरी मान्छेसँग सम्पर्कमा कम रहनु हुन्छ त्यस्तो व्यक्तिले कसरी संस्था चलाउनु हुन्छ भन्ने पनि प्रश्न छ।
प्रश्नहरु आएको छ। हरेक सँग केही न केही कमजोरी हुन्छ। हामी सबै सिक्दै जाने हो। अगाडि बढ्दै जाने हो । म मा कमजोरी छैन भन्दिन। मेरो बानी एउटा मान्छे सँग आधाघण्टा एक घण्टा गफ गरेर बसेर त्यो भन्दा पनि काममा केन्द्रित हुन्छु। हिजो सम्म मेरो जिम्मेवारी फरक थियो। अब नेतृत्व लिए भने मेरो जिम्मेवारी फरक हुन्छ। त्यही अनुसारले मैले अगाडि बढ्नु पर्ने हुन्छ। हिजोको दिनमा कम्युनिकेशनमा भन्दा काममा जोड दिएकै हो। त्यसलाई स्वीकार्नु पर्छ। अब जिम्मेवारी लिए पछि मैले आफ्नो कुरामा पनि परिवर्तन गर्दै जानु पर्छ।
एकाएक सुमन थापालाई कसले उचाल्यो, कसले बोकिरहको छ भन्ने पनि छ। पहिला तपाई पासाङ्ग शेर्पाको मान्छे भनिन्थो। अहिले पासाङ्ग शेष घले तिर हुनुहुन्छ। कलिङ्ग काठमाडौ पछि तपाई पनि उतै जानुहुन्छ होला भन्ने थियो।
यस्तो छ कलिङ्ग काठमाडौ सही हो। म पासाङ्ग तिरै तिए। तर म संस्थापनमा हुदाँ हुदै छोडेर जान मेरो नैतिकताले दिएन। होला मलाई धेरै कुराहरु अफर गरिएको । मेरो साथी भाइ भन्दा पनि संस्थामा म बलियो हुनु पर्छ भन्ने हो। संस्थाको मापदण्डमा बस्नु पर्छ भन्ने हो।
र अहिले मलाई उचालेको भनेको पब्लिकले हो। मलाई कसैले पनि उचालेको छैन मलाई पब्लिकले हो। युथ आउनु पर्छ,युथले परिवर्तन ल्याउनु पर्छ। हिजो हामीले गर्दै गरेको काममा चाही सुमन दाई हजुरले गरेको क्रिकेट देखि लिएर भएको काम छ नी त्यसले गर्दा मान्छेहरुले भनेको कुरा हरु हो यो। मलाई कसैले पनि यसले उचालेर आएर कसैको लागि काम गरिदिने होइन। पब्लिककै लागि काम गर्ने हो। हेरौ अब कहाँ पुगिन्छ।
यसरी बुझदा यस पटक तीन उमेदवार हुने संभावना उत्तिकै छ ?
छ,त्यो चै छ।
अन्तमा केही भन्नु छ।
संस्थालाई एउटा रुपान्तरण ल्याउनु पर्ने छ। चेञ्ज होइन । चेञ्ज त हामी दुई दुई वर्षमा विधान चेञ्ज गर्ने यो गर्ने होइन रुपान्तरण । एउटा संस्थालाई क्षती भएको थियो । आज पब्लिकले सपोर्ट गरिदिनु भयो। जुन सदस्यहरुले विश्वास त गर्नु भएको छ नी । आफ्नो सदस्य आफै बनेको छ। उहाँहरुको विश्वास अव नगुमोस भनेर संस्थामा नितिनियम तहमा काम गर्नु पर्ने छ। त्यसले गर्दा भोली हामीले कसैलाई सोध्नै पर्दैन भन्नै पर्दैन भोली पचास हजार सदस्य हो। एक लाख सदस्य होस त्यस पछि हामीले अमेरिकी सरकार सँग गर्ने हो नी त काम।
मेरो पहिलो प्राथमिकता भनेको अमेरिका हो। यहाँ बसेको नेपालीका लागि हो । त्यस पछि भनेको नेपाल सरकार सँग सम्वन्ध हो । तर हामीले धेरै काम गर्नु पर्ने भनेको अमेरिकामा बसेको नेपाली सँग काम गर्ने हो।