‘सर्वसम्वत हुन्छ भने म पछाडि हट्न तयार छु,व्यक्ति होइन संस्था जित्नु पर्छ’: दिलु पराजुली

पेन्सिलभेनिया,अमेरिका/ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद(एनसीसी) अमेरिकामा सदस्यता विस्तार अभियान टुङ्गिए सँगै चुनावी जोडघटाउ शुरु भएको छ। एनआरएनए अमेरिकामा पछिल्लो चुनावको तुलनामा करिव पाँच हजार सदस्य कम हुने छन्।
पटक पटकको विवादका कारण सर्वसाधरणमा संस्थाप्रति विश्वास घटेको टिप्पणी हुँदै आएको थियो। यो परिवेशमा अहिलेको सदस्या संख्या, अबको रणनीतिका बारेमा समाज टाइम्सले एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सदस्यता विस्तार समितिका संयोजक दिलु पराजुली सँग कुराकारी गरेको छ।
एनआरएनए अमेरिकाको आगामी निर्वाचनमा पराजुली संस्थापन पक्षबाट अध्यक्षको उमेदवार हुने चर्चा पनि चलेको छ।
तपाई एनआरएनए अमेरिका सदस्यता विस्तार समितिको संयोजक, अघिल्लो पटक पटक भन्दा झण्डै पाँच हजार कम सदस्य हुने भए यसलाई कसरी लिनु भएको छ?
पहिलाको तुलनामा तीन चार हजार कम हुने देखिएको छ। पहिलो कुरा त यो स्मार्ट एनआरएनए एमआइएसबाट हामीले सदस्यता विस्तार गर्यौ। प्राविधक रुपमा डाटा सेक्युरेटी देखि विभिन्न कुरा आइसीसी सँग एमओयु गर्ने र एमआइएसमा जाने भन्ने कुरामा हाम्रो बढी प्रश्नहरु थिए। त्यसमा अलिकति हामी अलमलियौ। हामीले सयमै सदस्यता खुलाउन सकेनौ त्यसमा म क्षमाप्रार्थी छु। समय पनि हामीलाई कम भएको अवस्था हो। मार्च ६ मा हामीले शुरुवात गरेका हौ।
समयको त के कुरा भयो र अन्तमि दुई सातामा सबै भन्दा धेरै सदस्य बनेका छन्।
त्यो बनेका छन पहिला देखि हामीले धेरै चेतना जगाउन सकिन्थो। म आफै संयोजक कति ठाँउमा पुग्न चाहादा चाहादै पनि असमर्थ भए। फिजिकल्ली कति स्टेटमा पुग्न सकिन। अहिले पनि मनमा खड्किएको छ। त्यसरी समयलाई मैले भनेको हुँ। एउटा संयोजकको हिसावले हाम्रो गैरआवासीय नेपाली दाजुभाई दिदिबहिनीलाई आफ्ना कुरा राख्दै गर्दा उहाँहरुले सोधेका प्रश्नहरुलाई ट्याकल गर्दै गर्दा उहाँहरु धेरै कन्भिन्स हुनु भएको छ। जुन स्टेटमा म पुगेको छैन म क्षमाप्रार्थी छु। नपुगेको ठाँउहरुमा म पछि पनि आउछु । मेम्वरसिप कटअफ डेट भन्दा अगाडि पुग्न सकिन।
अर्को कुरा स्मार्ट एनआरएनको एप हामीले पहिलो पटक प्रयोग गरेको हो। यो अलिक युजर फ्रेण्डली भएन। यो प्राविधक हिसावले हामीलाई सहयोग नगरेकै हो। एपका कारण पनि हो। एपलाई एकदमै सुधार गर्नु पर्ने जरुरी छ। त्यहाँ के के सुधार गर्नु पर्छ भन्ने कुरा पनि मलाई थाहा छ।
अघिल्ला चुनावमा उमेदवारहरुले आफैले पैसा खर्च गरेर सदस्य बनाए त्यही भएर बीस हजार पुगेको हो । आफै बन्ने हो भने सदस्य धेरै हुदैन भन्ने थियो। त्यो भनाईलाई प्रमाणित गर्छ कि काट्छ?
त्यो कुरामा म जान चाहान्न मैले आँखाले देखेको छैन मैले गरेको छैन। तर पहिला भन्दा अलिकति अप्ठेरो अवस्था चै हो। अप्ठेरो भन्दै गर्दा आफ्नो मेम्वर स्वइच्छाले आफुनै उपस्थित नभइकन बन्दै सकिदैन। पहिला जुनसकुकै कार्डपनि लिन सकिन्थो । पेमेन्टसिस्टममा पनि हामीले कडाइ गर्यौ एउटा कार्ड र ठेगनाबाट चार जना मात्र सदस्य बन्ने । लाइभ बसेर गर्नु पर्ने । पहिला पहिला फोटो र डाइभर लाइसेन्सको कपि भए पछि ल तपाईको बनाइदिए है भन्ने पनि थियो। त्यो त अहिले नभएको अवस्था हो। संस्थामा पारदर्शी भएका छन् अहिले ।
तपाई आफुले आफ्नो कामको मूल्याङ्क गरेर नम्वर दिनु पर्दा पास की फेल ?
म एक दमै पास। म सन्तुष्ट छु। शुरुमा म अलिकति विचलित भएको अवस्था हो। किनभने हामीले जतिसुकै ठूला कुरा गरे पनि आफुलाई राम्रो भने पनि गैरआवासीय नेपाली संघमा तरलता आएकै हो। संस्थामा हाम्रो दाजुभाई दिदि बहिनीमा वितृष्णा छाएकै हो। त्यसका बाबजुत पनि म विभिन्न स्टेटमा झोला बोकेर हिड्दै गर्दा म अलिकति विचलित थिए। तर मैले आफ्नो विचलनलाई कहिल्यै पनि सार्थक हुन दिइन।
विचलित चै के कारण हुनुहुन्थो ?
विचलित भनेको गैरआवासीय नेपाली संघ प्रति धेरैको वितृष्णा थियो। संस्था प्रतिको रुची, संस्थाको औचित्यमा प्रश्न खडा गर्ने देखि लिएर मलाई विचलित पार्न खोजिएको हो। तर म आफ्नो उद्देश्य प्राप्तिको लागि संस्थाको औचित्य र आवश्यकता छ,उद्देश्य पवित्र छ भनेर म डटेर अगाडि बढे,बढ्दै जाँदा गर्दै जादा मेम्वरहरु अहिले यसरी बन्दा यस्तो सफलता पाउदै गर्दा म त पास भन्छु।
अबको तपाईको उद्देश्य के ?
गैरआवासीय नेपाली संघको पवित्र उद्देश्य पछाडि लागेको अभियान्ता हुँ। यो भन्दै गर्दा मैले नेतृत्वमै आउन चाहेको छु। नेतृत्वमा आएर गैर आवासीय नेपाली संघ अमेरिकालाई पारदर्शी, स्वतस्फूर्त बनाएर सबैलाई औचित्य, आवश्यकता बुझाउने र त्यो काम गरेर देखाउने रोडम्याप सहित आउने प्रयास गर्याछु।
भनेको अहिले सम्म एनआरएनए अमेरिका पारदर्शी थिएन?
हैन,कतिपय कुराहरु काम गर्दै जादा कमि कमजोरि देखिएका छन्। ति कमजोरीलाई सुधारेर अगाडि बढ्ने भन्ने मेरो कुरा हो। यही एपको कुरा गर्नु न त्यति युजरफेण्डली छैन। सदस्य बन्नु भयो त्यो आफ्नो ठाँउमा छ। तर यसलाई राम्रो छ भन्ने छैन। मान्छेलाई सहज पनि हुनु पर्यो।
औपचारिक रुपमा अध्यक्ष पदमा कहिले उमेदवारी घोषणा गर्नु हुन्छ ?
त्यो त अहिले म भन्दिन। त्यो दिन आउला। अहिले नै तय भएको छैन।
तर तपाई अध्यक्षको उमेदवार हो नी ?
हो ।
अनि तपाईहरुकै समुहबाट समुन थापा पनि अध्यक्षको उमेदवार भन्दै हुनुहुन्छ त?
समुह भनेर औपचारिक रुपमा हामी समुह भन्न मिल्दैन। साथीभाई सहकार्य गर्ने मित्रहरु चाहिन्छ। अभियानमा हिडेका मित्रहरु सँगसँगै हिड्ने हो। एक्लै हिडेर कहिपनि पुगिदैन। सँगै हिड्ने हो। सल्लाह गरेर अगाडि बढ्ने हो। हामी यो समुह त्यो समुह होइन हामी सबै गैरआवासीय नेपाली हौ। नेतृत्वमा आउन खोजेका सबै साथीहरुलाई मैले सम्मान गर्नु पर्छ। तर हामी मिलेर पनि जानु पर्छ।
मेरो भनाई के छ भने यस पटक, सहकार्य सममति गर्नु पर्छ। संस्थामा जति सक्दो विश्वास हामीले गैरआवासीय नेपाली दाजुभाई दिदि बहिनिलाई दिनु पर्छ। मुखले र अहिले शब्दले होइन व्यवहारले देखाउनु पर्छ। म व्यवहार र कामलाई विश्वास गर्ने मान्छे हुँ। सहमति सहकार्य हुनु पर्छ। त्यसका लागि हामी सबै साथीहरु बसेर पहल पनि हुदै छ। मेरो आफ्नै प्रयासमा पनि यो पहल गर्छु।
सुमान थापा र तपाई दुबै जना उमेदवार हुने सम्भावना देखिएको हो अब ?
सुमन जी र म मिलेर आउछौं, दुई वटामा एउटा हुन्छौ अथवा अध्यक्षको उमेदवार एउटा हौला। उता बञ्जाडे जी पनि भन्नु भएको छ। हामी सबै बसेर सहमतिमा एक जना आउनु पर्छ भन्ने मेरो मान्यता हो। सहमति गर्दै गर्दा म पनि हुन सक्छ, बञ्जाडे जी हुनु सक्नु होला अथवा अरु एबीसी होला सुमन जी होला । हामी एक एक जना आउनु पर्छ त्यो सहमतिमा म अगाडि बढ्न र पछि हट्न पनि तयार छु।
भनेको सर्वसम्वतको सम्भावना पनि छ?
छ,त्यसलाई ढोका खुल्ला गर्नु पर्छ। म सकारात्म छु। त्यसरी जाने हो भने म पछि हट्न पनि तयार छु। अघि बढ्नु तपाई भन्दा अगाडि बढ्न पनि तयार छु।
यो त तपाईले चाहाना राख्नु भयो तर व्याक पनि हुन सक्छु भन्ने भयो नी ?
हैन, मैले त्यो देखे, भोलीको दिनमा मलाई त्यो महशुश भयो संस्थाले जित्छ भन्दै गर्दा दिलु पराजुलीले जित्नु पर्ने भन्ने छैन नी यहाँ त संस्थाले जित्नु पर्यो पहिला । नेपाली दाजुभाई दिदि बिहनीहरुमा जुन खालको एउटा वितृष्णा र औचित्य माथि नै प्रश्न आए पछि हामी एक्लै बढेर के हुने हो र ? गैरआसीय नेपालीहरुको हकहितमा काम गर्ने हाम्रो अधिकारको बारेमा हामी बोल्ने आवाज ल्याउने त्यसलाई सम्वोधन गर्ने दुखसुखमा हामी साथ दिने भन्दै गर्दा पब्लिक सेन्टिमेन्ट हुनु पर्यो नी । हामी व्यक्ति हावी भएर,व्यक्तिगत स्वार्थ र एउटा पदका लागि मरिहत्ते गर्नु त भएननी त्यो हकमा भनेको हो।
अर्जुन बञ्जाडेले म अध्यक्षको उमेदवार हो भन्नु भएको छ तपाईले छोडिदिनु हुन्छ ?
अहिले म छोडिदिन्छु भन्ने होइन। उहाँ पनि ढोका खुल्ला गरेर दिलु जी म मिल्न तयार छु ल बसेर मिल्नु पर्यो उहाँले मलाई छोड्न पनि सक्नु पर्यो।
यो त आदर्शको कुरा भयो संभावना कत्तिको छ यसको ?
मैले भन्न खोजेको बञ्जाडे जी, म सुमन जी कोही पनि आउदै गर्दा म नै अध्यक्ष हुनु पर्छ म भयो भने सहमति हुन्छ नत्र हुदैन भन्दा त्यो त आदर्शवादी कुरा भयो। मैले त्यो भन्न खोजेको होइन। म सहमति गर्न तयार छु हामी बीचमा छलफल गरौ को कता कसरी बस्दा को व्याकमा बसेर सहयोग गर्दा संस्थाले जित्छ। संस्थाले जित्ने हकमा म अध्यक्ष हुन पनि तयार छु व्याक हुन पनि तयार छु र कहि बस्न पनि तयार छु सहमति गर्दै गर्दा त्यो ढोका खुल्ला गरेर आउनु पर्यो साथीहरु म त्यसरी आउन तयार छु भनेको मैले । यदी साथीहरु म नै अध्यक्ष हुदाँ सहमति हुन्छ नत्र हुदैन भन्ने हो भने म पनि के कम म पनि अगाडि बढ्छु। स्वस्थ प्रतिस्पर्धा हुन्छ चुनाव हुन्छ।
यो त तपाई खुट्टा टेक्न धरमराएको देखियो होइन?
त्यस्तो होइन नी । कसरी मैले धरमराए । फेरि पनि म भन्छु सहमति सहकार्य गर्न संस्थाले जित्ने अवस्थामा हामी सबै साथीहरु मिल्नु पर्छ। एकताको शुत्रमा बाध्न खोजेको हो।
तपाईलाई यो अलिक कठोर प्रश्न लाग्न सक्ला विषेश गरि एनआरएनए अमेरिकाको संस्थापन पक्ष भनेर भनिन्छ आइसीसको महासचिव हुनुहुन्छ डा.केशव पौडेल, अनि पर्दा पछाडिबाट भूमिका खेल्ने भनिन्छ डा. यादव पण्डित तपाई चै उहाँहरुको कठपुतली हुनुहुन्छ तपाईले आफुले स्वविवेक प्रयोग गर्न सक्नु हुन्न त्यही भएर तपाई नेतृत्वमा आउन हुदैन भन्ने पनि एउटा माहोल रहेछ त्यसलाई के भन्नु हुन्छ तपाई ?
त्यस्तो कुराहरु त्यो नितान्त गलत हो। त्यो कुरा स्वीकार्य छैन। हो म सबैलाई सम्मान गर्छु। अग्रजहरुलाई मैले सम्मान गर्नु पर्छ। म धेरै रिजिट भएर नराम्रा कुरा लेख्ने अथवा कसैको विरुद्दमा म लेख्दिन म सम्मान गरेर लोयल तरिकाले हिड्न चाहान्छु। र सबैलाई मिलाउन मिलेर जाम भन्नेमा जहिले पनि एउटा नर्मल मान्छे भएको कारणले मेरो विपरितमा बोल्ने मान्छेहरुले ल यो चै अरुको हावीमा छ आफ्नो आडान छैन कसैले गर्छ भने म असमत छु। मैले सबैलाई मिलाउन पर्छ। सबैलाई सम्मान गरेर अगाडि बड्नु भन्ने हो।