‘हङ्गकङ्ग एयरपोर्टबाट झण्डै कोरिया फिर्ता भइन’ : कमल खनाल
कोरियाबाट फर्कदा हङ्गकङ्ग जाने मेरो तयारी नेपालमा नै भएको थियो। त्यसैले हङ्गकङ्गको भिषा लिएर नै कोरिया गएको थिए। ६ अक्टोबर २०१४ मा कोरियाबाट म हङ्गकङ्ग आइपुगे। हङ्गकङ्ग आइपुग्दा रातको १२.१५ भएको रहेछ।
छोटो दुरी २०७२ किमी भएकोले ३.५६ मिनेटमा नै हङ्गकङ्ग पुगियो। उडान समय मिलाउन नसक्दा रातको १२.१५ बजे हङ्गकङ्ग एयरपोर्टमा म पुगे। मेरो पुग्नु पर्ने समय र पुगेको समय मिलेन। सँगसँगै हङ्गकङ्गबाट मलाइ लिन आउने साथिको समय समेत मिलेन। साथिसँग हङ्गकङ्ग घुम्ने रहर बोकेको मेरो मन अध्यारोमा गुजुल्टियो।
हङ्गकङ्ग एयरर्पोटमा नेपालीलाई गरिने ब्यबहारका बारेमा मलाइ सन् २०१० मा नै थाहा थियो। नेपालीहरू प्रति त्यति राम्रो धारणा छैन हङ्गकङ्ग प्रशासनको। यस पटक पनि हङ्गकङ्ग इमिग्रेसनले २०१० कै पाना पल्टाइ पल्टाइ मलाइ पढ्न थाल्यो। पुरानै नियत दोहोरियो इमिग्रेशनमा तर अलि फरक किसिमले। यस पटक मलाइ रातिको फ्लाइटमा किन आइस? भनेर सोधियो। तलाइ यो फ्लाइटमा आउन कसले अनुमति दियो? भनेर सोधियो।
सामान्यतया हङ्गकङ्गमा रातिको फ्लाइटमा ट्रान्जिटमा बस्ने गरि आउन नेपालीहरूलाइ अनुमति रहेनछ। जो सँग हङ्गकङ्गको भिषा छ उसलाइ मात्र अनुमति हुनेरहेछ । नत्र गैह्रकानूनी मानिने रहेछ। मैले हङ्गकङ्गको भिषा लिएर गएको थिए र पनि हङ्गकङ्ग इमिग्रेसनको हेपाइमा परे।
नेपाली पासपोर्ट देख्ने बित्तिकै इमिग्रेसनका मानिसको ब्यबहार फरक भएको मैले महसुस गरे। इमिग्रेसनमा चाइनिजहरूको प्रभाव परिसकेको रहेछ। नेपालीहरूका लागि हङ्गकङ्ग नेपाल पछिको दोस्रो आफ्नै देश जस्तै गरेर बस्ने देश हो । अहिले पनि नेपालीहरूले हङ्गकङ्गलाइ माया गर्छन। नेपालीहरूको हङ्गकङ्ग आउने जाने काम निरन्तर भइरहन्थ्यो।
हङ्गकङ्गको बिकास र सम्पन्नताले संसारलाई चकित तुल्याएको रहेछ र संसारका सबै मुलुकबाट बार्षिक ६० लाख भन्दा बेसी मानिसहरू हङ्गकङ्ग घुम्न आउने रहेछन। सन् २०१४ को यो संख्या हङ्गकङ्गको इतिहांसमानै पहिलो रहेछ। कतिपय नेपालीहरू पर्यटकीय भिषामा हङ्गकङ्ग घुस्ने रहेछन। त्यसैले उनिहरू बढ्तै चनाखो भएका रहेछन।
हङ्गकङ्गमा प्रतिब्यक्ति आय १२,१८३ यूएस डलर र संसारका उच्चतम आर्थिक बिकास गरेका देशहरू मध्येको ३९ औ देशमा पर्दो रहेछ।त्यसैले त हङ्गकङ्ग जाने र बस्ने आकर्षण बढेको रहेछ नेपालीहरुको। ब्रिटिस सरकारको १५० बर्ष लामो कोलोनिका रूपमा रहेको हङ्गकङ्ग १ जुलाइ १९९७ को मध्यरातमा चीन सरकारलाइ हस्तान्तरण गरिएको रहेछ । त्यस पछि हङ्गकङ्ग एक देश दुइ शासन प्रणालिबाट चलिरहेको रहेछ।
धेरै पहिले देखि नै हङ्गकङ्गको मुख्य ब्यापार नै अफिमको हुने रहेछ। भारत ब्रिटीसको कोलोनीको रूपमा रहेको समय देखिनै भारतमा अफिमको उत्पादन हुनेरहेछ।भारतमा उत्पादन हुने अफिमको तस्करी चाइनामा हुनेरहेछ ।अफिमको तस्करी हङ्गकङ्गको मुख्यआय स्रोत रहेछ । चाइनाले अफिमको तश्करीलाइ रोक्न चाहेर नै १७९६ तिर आफ्नो मुलुकमा अफिम(opium)लाइ प्रतिबन्ध लगाइसकेको रहेछ । प्रतिबन्धित अबस्थामा पनि अफिमको तस्करी चाइनामा भइरहेकोले त्यसबाट चाइना चिन्तित भएको रहेछ। ब्रिटिस सरकार र चाइना बीच भएको हङ्गकङ्गको सम्झौता पनि सकिएको हुनाले १ जुलाइ १९९७को मध्यरातमा ब्रिटिस सरकारले हङ्गकङ्ग चीनलाइ हस्तान्तरण गरेको रहेछ।
चीनले हङ्गकङ्ग टेक ओभर गरे पछि हङ्गकङ्गका प्रशासनिक संयन्त्रमा ब्यापक परिवर्तन भएको रहेछ। त्यसपछिका दिनहरूमा नेपालीहरू प्रति चाइनिज प्रशासनिक इकाइहरू नकरात्मक बनेको हुन सक्छ भन्ने मलाइ लाग्यो। किनभने हङ्गकङ्गमा नेपालीहरूको बसोबास धेरै पुरानो भएको हुनाले नेपालीहरू त्यहाँ गएर लुक्न सक्ने भएकोले पनि इमिग्रेसनबाट नै नियन्त्रण गरेको हुन सक्छ भन्ने मेरो ठमम्याइ रह्रयो। मेरो ठम्याइ गलत हुन पनि सक्छ।
इमिग्रेसनका एक अथोरिटीले मलाइ एउटा कोठामा लगे। जहाँबाट म आएको हो त्यही देशमा फिर्ता पठाउने सम्मको कुराकानी गरे। त्यस पछि मलाइ लाग्यो म सँग भिषा छैन भन्ने यिनीहरूलाइ लागिरहेको छ। हङ्गकङ्ग ट्रान्जिट भएर अर्को देशको यात्रा गर्ने नेपालीहरूको हङ्गकङ्ग भिषा सामान्यतया नहुने रहेछ किनभने हङ्गकङ्गको भिषा पहिल्यै लगाएर राख्नु पर्ने रहेछ। उनिहरूले मलाइ पनि त्यसरी नै हेरे। मैले पासपोर्ट निकालेर भिषा देखाए म सँग हङ्गकङ्गको भिषा छ भनें। उनिहरूले मेरो पासपोर्ट लिएर गए। आधा घन्टापछि “सरि” भन्दै मलाइ पासपोर्ट फिर्ता गरे तर पासपोर्ट सँगसँगै हङ्गकङ्गका लागि एक हप्ताको इन्ट्री पनि दिएको रहेछ। अब दुबै तर्फको चिन्ता हट्यो तर रात हट्न अझै केहि घण्टा कुर्नुपर्ने भयो।
हङ्गकङ्ग भिषा प्रक्रियाले एक घन्टाको समय बितेछ। मलाइ पनि समय बिताउनुनै थियो। उज्यालो कुरेर बसिरहे हङ्गकङ्ग त जानुनै थियो। कोरियाबाट हङ्गकङ्गको साथिलाइ फोन गरेर समय मिलाएको थिए तर समय नमिलेको हुनाले साथि लिन आउन सकेनन् । मध्यरातको हङ्गकङ्ग ट्रान्जिटले मलाइ चिन्ता बढाएकै थियो। त्यसैले हङ्गकङ्गको यात्रा गर्दा कनेक्टिङ्ग फ्लाइटको समय पनि मिलेको हुनु पर्ने रहेछ। परे पछि थाहा भयो हङ्गकङ्ग प्रशासनले नेपालीहरूका लागि तयार गरेको इमिग्रेसन पोलिसि। इन्ट्री त पाए तर एक्लै हङ्गकङ्गको यात्रा कसरी र के मा गर्ने? मलाइ थाह थिएन। साथि नआए पनि , यात्रा गर्ने साधनको निश्चित नभए पनि हङ्गकङ्ग जाने निर्णय लिए।
मेरो सोच साथिसँग हङ्गकङ्ग घुम्ने थियो। किन भने मेरो नेपाल फर्कने टिकट तीन दिन पछिको थियो र कन्फर्म थियो। हङ्गकङ्गले इन्ट्री पनि दियो। रात छिप्पिएर ओरालो लाग्ने अबस्थामा थियो । मैले एक छिन भने पनि निदाउने कोशिस गरे तर सकिन। मेरो आँखा वरिपरि भुकभुके उज्यालो को रेशाहरू पसे। मलाई उज्यालोको आभाष पनि भयो। अब जाने तयारी कसरी गर्ने मेरो अर्को चिन्ता भयो। साथमा एउटा लगेज थियो। लगेज पनि सँगसँगै लानुपर्ने भयो एयरपोर्टमा नै राख्ने ब्यबस्था मिलेन।
हङ्गकङ्ग जानका लागि ट्रेनको यात्रा सजिलो रहेछ। एयरपोर्टबाट निस्किने बित्तिकै हङ्गकङ्ग जाने ट्रेन लाग्दो रहेछ। टिकट पहिल्यै काट्न नपर्ने काठमाण्डौको साझा बसकै जस्तो पैसा उठाउन आउने रहेछ टि .सी म्यान। एयरपोर्टबाट सेन्टर हङ्गकङ्गका लागि हङ्गकङ्ग एक सय डलर लाग्ने रहेछ।
आउदा जाँदा दुई सय हङ्गकङ्ग डलर सकिने रहेछ। ट्रेनबाट सेन्टर हङ्गकङ्गमा झरे। ट्रेन स्टेसनबाट एकतला माथि उक्लिए,रमाइलोले मलाइ छोयो। अल्लिपर हेर भिक्टोरिया हार्बर देखे नजिकै पुगेर चुम्न मन लाग्यो। भिक्टोरिया पिकबाट सेन्टर हङ्गकङ्ग र भिक्टोरिया हार्बरको पुरै दृश्य देखिने रहेछ। अझ खुल्ला ठाँउमा गएर शहरलाई अलिपर क्षितिज बाट हेर्न पाएको भए शहरको पुरै भागको दृश्याबलोकन गर्न सकिन्थ्यो जस्तो लाग्यो तर म पुगेछु अग्ला र ठुला बिल्डिङ्गको फेदमा।
मैले हङ्गकङ्गमा गएर हेर्नु नै थियो। त्यहा थुप्रै रमाइला घुम्ने ठाँउहरू रहेछन। चाइना टावर देखि डिस्नील्याण्ड, लान्टाउ आइसल्याण्ड, तियानतिन बुद्ध, नंगोनपीङ्ग ,भिक्टोरिया पिक र ओसनपार्क जस्ता ठाँउहरूमा घुम्न रमाइलो हुनेरहेछ ।
शहरका मुख्य मुख्य ठाँउमा घुम्नका लागि शहर भित्र चल्ने डबलडेकरका बसहरू रहेछन। जुन बसहरूको माथिल्लो तला पुरै खुल्ला भएकोले पनि शहरको दृश्याबलोकनका लागि सजिलो हुनेरहेछ। संसारकै एक मात्र स्वतन्त्र आर्थिक क्षेत्रका रूपमा अगाडि बढिरहेको मुलुक जसले बार्षिकरूपमा सुन १४.३ बिलियन डलर र चांदीको ५.३९ बिलियन डलरको ब्यापार गर्दो रहेछ।
साथै संसारका धेरै मुलुकहरूबाट यौन ब्यबसायका लागि यौनकर्मीहरू आउने रहेछन। अन्य क्षेत्रले जस्तै यौन ब्यबसायले पनि हङ्गकङ्गको आर्थिक बिकासमा ठूलो टेवा पुर्याएको रहेछ। हङ्गकङ्ग पनि चाइनाको प्रशासनिक इकाइ भएकोले पुरै हङ्गकङ्ग चाइनामा २० देखि ३० लाख पेशागत यौनकर्मीहरू रहेको र चाइना सरकारलाइ कुल बजेटको ६ प्रतिसत यो ब्यबसायबाट रेभिन्यू समेत आउने रहेछ।चाइना सरकारले १९८२ देखि नै यो ब्यबसायलाइ उद्योगको रूप दिएको रहेछ। त्यस पछि टुरिजम सेक्टरमा ठूलो फड्को मारेको रहेछ र हङ्गकङ्ग चाइनाको टुरिजम क्षेत्रको बिकासमा यौनकर्मीहरूको भूमिका पनि महत्पूर्ण रहेछ।
ड्रागन एयरबाट नेपाल फर्कने टिकट थियो। निर्धारित समयमा जहाज उडेन। केहि घन्टा पछि जहाज उड्यो। जहाज बंगलादेशको आकाशतिर गइरहेको रहेछ। जहाज बगलादेशमा अवतरण गर्यो। तेल राख्यो जहाज सफा गर्यो। जहाजको ढोका खुल्ला भएकोले होला लामखुट्टेहरू जहाज भित्र छिरेछन। लामखुट्टोको टोकाइमा परियो।
जहाज पनि खालि भयो नेपाल जाने प्यासेन्जर धेरै नै कम थिए। काठमाण्डौमा लोकल बसले प्यासेन्जर खोजेर बसे जस्तै गरि बस्यो बगलादेशमा ड्रागन एयर। फेरि हङ्गकङ्ग नै फर्किने त होइन भन्ने शंका पनि लाग्यो। केहि मानिसहरू बंगलादेशबाट जहाज चडे। तिनिहरू हंगकंग नै जाने रहेछन। जहाज उड्यो रातको समयमा केहि थाह भएन। जहाज कता गइरहेको छ। तर जहाजले १.१५ घन्टा पछि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा अवतरण गर्यो।
र यो पनि …