नेशनल फोर्स गठन गर्ने एमाले अध्यक्ष ओलीको घोषणा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले, आफूहरु राष्ट्रिय शक्ति निर्माणको घोषणा गरेका छन् ।
युवा संघ नेपालले चन्द्रागिरीमा मंगलबार आयोजना गरेको कार्यक्रममा अंग्रजीमा भाषण गरेका उनले भने ‘ वि वान्ट टू क्रियट नेशनल फोर्स द्याटिज फर, नेशनालिटी द्याटिज फर नेशनल इन्ट्रेष्ट, द्याटिज फर नेशनल फोभरेन्टी । ’
ओलीले भने ‘हामी राष्ट्रिय फोर्स गठन गर्न चाहान्छौ । त्यो राष्ट्रियताका लागि राष्ट्रिय चासोका लागि त्यो राष्ट्रिय स्वाधिनताका लागि तथा सिमा संरक्षणका लागि मात्रै नभएर पार्टीले प्राप्त गरेका उपलब्धि संरक्षणका लागि ।’
आफूहरु राष्ट्रियता र आम नागरिकको पक्षमा उभिएको राष्ट्रिय शक्ति भएकाले पनि प्राप्त उपलब्धिको संरक्षण गर्दै राष्ट्रियताको संरक्षणका लागि एउटा बलियो नेशनल फोर्सको आवश्यकता महसुस भएको उनको भनाई छ । ‘र त्यो फोर्स नेकपा एमाले मात्रै हुन सक्छ’ उनले भने । जहाँ नेपाली छ त्यहाँ एमाले छ भन्दै उनले एमाले मात्रै मिसन र भिजन भएको शक्तिशाली पार्टी भएको उनको दाबी छ ।
एमालेमाथि वाह्य तथा आन्तरिक शक्तिबाट निरन्तर घेराबन्दी भइरहेको अध्यक्ष ओलीको दाबी छ । आन्तरिक तथा वाह्य शक्तिको घेराबन्दीका बाबजुद नेकपा एमालले नेपालमा कम्युष्टि आन्दोलनलाई अगाडि बढाउने सन्र्दभमा ठुलो उपलब्धि हासिल गरेको उनले बताए ।
दुइवर्ष अघि आफ्नो पार्टीलाई सिद्धयाउन गम्भिर र अप्रत्यासित आक्रमण भएको भन्दै उनले पार्टी कब्जा गर्ने षड्यन्त्र समेत भएको र त्यसलाई असफल बनाएको जिकिर गरे । बाह्य तत्वबाट परिचालित व्यक्तिहरुले पार्टीमाथि हमला गरेको उनको तर्क छ ।
अबको आम निर्वाचनमा आफ्नो पार्टीले बहुमत सिट जित्नेमा आफू आशावादी र विश्वस्त रहेको र त्यसका लागि पार्टीले योजना बनाएर काम गरिरहेको उनको भनाई छ ।
३३ वर्ष अघि स्थापना भएको युवा संघ नेपालले राजनीतिक परिर्वतनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।