मुलुकको आर्थिक अवस्था सुधार हुनेगरि नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्तारुढको सुझाव

काठमाडौं । सत्तारुढ दलले मुलुकको आर्थिक अवस्था सुधार हुनेगरि नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
मंगलबार सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा बसेको सरकारलाई समर्थन गर्ने दलहरुको बैठकमा उनीहरुले कृषि, पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने र आर्थिक अवस्था पनि सुधार हुने गरि नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बिभिन्न दलका नेताहरुले परम्परागत भन्दा पनि नयाँ ढंगको कार्यक्रम ल्याउन पनि सुझाव दिएको उहाले जानकारी दिए । जनअपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सुझाव आएको उनले बताए ।
सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रम तयारी गरेको छ । बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगाएतका नेताहरुको उपस्थीति रहेको थियो ।