अयोग्य लडाकुलाई रकम नबाँड : सर्वोच्च
वर्तमान सरकारलाई सर्वाेच्च अदालतले अयोग्य लडाकुलाई रकम दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश कुमार चुडालको एक इजलासले अयोग्य लडाकुलाई दुई/दुई लिने निर्णय विरुद्ध मंगलबार अल्पकालीन अन्तरिम आादेश जारी गरेको हो ।
नेपाली कांग्रेसका नेता कुलबहादुर लिम्बुसहित ५० जना द्वन्द्वपीडितहरुले लडाकुलाई रकम बाँड्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्चको यो आदेशपछि लडाकुलाई रकम वितरण गर्ने सरकारको तयारीमा तत्कालका लागि ब्रेक लागेको छ ।
अन्तरिम आदेश दिएको सर्वोच्चले जेठ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।