भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको घटनाप्रति सांसद पन्तको आक्रोश
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले, नेपाली सुरक्षाकर्मीमाथि अविश्वास पैदा हुने गरि भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको भन्ने घटनाप्रति गम्भिर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बैठकमा सोमबार उनले भारतका स्थानीय आन्दोलनकारी अमृत पाल सिंह नेपाल प्रवेश गरेको र उनलाई खोल्दै भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको भन्ने घटनाप्रति आपत्ति जनाएका हुन् ।
उनले भने ‘भारतका स्थानीय आन्दोलनकारी अमृत पाल सिंह नेपाल प्रवेश गरे भन्ने समाचार आइरहेको छ । हाम्रो सुरक्षा संयन्त्रले खोज्दा पत्ता लगाउन सकेको छैन । तर विरगञ्ज नाका र बाँकेको जमुना नाका हुँदै भारतीय सुरक्षाकर्मीहरू नेपाल प्रवेश गरेका छन् । हाम्रो देशको सुरक्षा संयन्त्रमाथि अविश्वास भयो र नेपालमा यसरी बाह्य देशका जनता जबरजस्ती पस्ने कुरा राम्रो होईन त्यसैले नेपाल सरकारले यसबारे अविलम्ब नेपाली जनता र संसद्लाई जानकारी दिनुपर्छ । ’
सुरक्षाको विषयमा नेपाल सरकारका सम्बन्धित निकायहरू चनाखो हुने बेला आएको उनको भनाई छ । नेपालको सुरक्षा निकायहरूले सशक्त रुपमा आफ्नो कार्यहरू गर्नुपर्ने उनको भनाई छ।