नारायण काजीलाई पत्रकारको प्रश्न ‘तपाईं गृहमन्त्री बन्दै हुनुहुन्छ?’
काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेका बेला माओवादीका नेतासमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार सम्मेलनको आयोजना गरे ।
उनलको सम्हालेको मन्त्रालयको सभाकक्षमा पत्रकार सम्मेलन गरेर उनले आफूले गरेका कामको फेहरिस्त सार्वजनिक गरे । आधि घण्टाभन्दा बढी कामकारबाहीका बारेमा चर्चा गरेपछि पत्रकारहरुले प्रश्न सोध्ने पालो आयो । पत्रकाहरुले फ्याट्ट सोध तपाईंले किन यो फेहरिस्त सार्वजनिक गर्नुभयो, के तपाईं गृहमन्त्री बन्न लाग्नु भएको हो ?
जवाफमा उनले गृहमन्त्रालय जाने कुनै निर्णय नभएको बताए । उनले आफू पार्टी र प्रधानमन्त्रीको निर्णय मान्न तयार रहेको बताए । उनले भने, ‘म पार्टीको सिफारिस, प्रधानमन्त्रीको निर्णय र निर्देशनअनुसार काम गर्छु। अहिले त्यसबारेमा कुनै निर्णय भएको छैन ।’
राजनीतिक परिस्थितिमा आएको फेरबदलपछि सरकारको समीकरण परिवर्तन भएको र अब केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याउने तयारी गरेको भन्ने समाचार आइरहेका बेला मन्त्री श्रेष्ठले भने त्यसबारे ठोस निर्णय नभएको बताए । मंगलबार अपरान्ह बसेर मन्त्रालय भागबण्डा टुंग्याउने बताइएको छ । यस्तोमा माओवादीले गृहमन्त्रालय दावी गरिरहेका बेला नारायणकाजीको पत्रकार सम्मेलनलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा उनले, यातायात क्षेत्रको सुधारका लागि हस्तक्षेपकारी भूमिका खेलिएको उनको दाबी छ । सवारी चालक अनुमति पत्र तीन दिन भित्रै दिन सक्ने गरी कार्य योजना बनाएर अघि बढ्ने तयारी गरिएको उनको भनाई छ । तर उनले यो निर्णय कार्यान्वयन हुन आठ महिना लाग्ने बताए ।
सबै सरकारी कार्यालयबीच समन्वय हुन नसकेको उनले स्वीकार गरे ।