तामाङ सोसाइटी अफ अमेरिका : बुद्दिमान बने नयाँ अध्यक्ष,सात भोट बदर, दश भोटले सञ्जोक हारे
न्यूयोर्क, अमेरिका / तामाङ सोसाइटी अफ अमेरिकाले नयाँ नेतृत्व पाएको छ। शनिवार राति सम्पन्न निर्वाचनबाट बुद्दिमान तामाङ नयाँ अध्यक्ष पदमा निर्वाचित भए।
बुद्दिमानले आफ्ना प्रतिस्पर्धी सञ्जोक योन्जन भन्दा दश भोट बढी ल्याए। सोसाइटीका पूर्व अध्यक्ष तथा प्रमुख निर्वाचन आयुक्त भरत मोक्तान तामाङका अनुसार बुद्दिमानले ५२ र सञ्जोकले ४२ मत पाए।
निर्वाचन आयुक्त भरतका अनुसार सोसाइटीमा कुल एक सय ९० मतदाता छन्। त्यस मध्ये एक सय एक मत खसेको थियो। जसमा सात मत भने बदर भयो ।
सन् २०१२ देखि २०१४ सम्म महासचिव रहेका बुद्दिमान निवर्तमान बरिष्ठ उपाध्यक्ष हुन्। संञ्जोक गायक हुन्।
दुई वर्षे कार्यकाल रहेको कार्यसिमितिको अन्यपदमा भने निर्विरोध भए। सोसाइटीको बरिष्ठ उपाध्यक्षमा चिना लामा र महासिचवमा शमशेर योञ्जन निर्विरोध भएका हुन्।
नव निर्वाचित पदाधिकारीहरुलाई शनिवार राति नै प्रमुख आयुक्त भरतले पद तथा गोपनियताको सपथ दिलाएका थिए।
अध्यक्ष : बुद्धिमान तामाङ
बरिष्ठ उपाध्यक्ष : चिना लामा
उपाध्यक्ष :तुल बहादुर तामाङ
उपाध्यक्ष :आरती लामा
महासचिब : शमशेर योन्जन
सचिव: भिम स्याङतन
कोषाध्यक्ष : सेन्तुन लामा
बोर्ड सदस्य : तीर्थ राज लामा
बोर्ड सदस्य : बिष्णु तामाङ
बोर्ड सदस्य :निरा माया लामा
फोटो : सौजन्य इन्द्र तामाङ, न्यूयोर्क