दश दल बैठक : प्रधानमन्त्रीलाई विश्वासको मत दिन र टीआरसी विधेयकमा एक हुने
काठमाडौं । प्रधानमन्त्रीलाई एक भएर विश्वासको मत दिन १० दल तयार भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार भएको बैठकमा संसदमा प्रस्तुत गर्ने विधेयक र सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति भएका हुने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आइतवार संसदमा सरकारले पेश गर्ने संक्रमणकालीन न्याय –टिआरसी सम्बन्धी विधेयकको पक्षमा एकमतका साथ उभिने निर्णय समेत गरेको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछिमात्र मन्त्रिपरिषद पुनर्गठन हुने भएकाले यसबारेमा शनिबारको बैठकमा छलफल नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।