इजरायलमा फेरि संकट निम्तदैं
अमेरिका । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले देशको न्यायिक प्रणालीमा सुधार गर्ने आफ्नो योजनामा रहेको गतिरोध समाधान गर्ने उद्देश्यले गरिएको सम्झौता प्रस्तावलाई अस्वीकार गरेका छन्।
राष्ट्रपति इसाक हर्जोगले टेलिभिजन सम्बोधनमा नेतान्याहुलाई सम्झौताको प्रस्ताव राखेका थिए। “दुर्भाग्यवश, गठबन्धन साझेदारहरू राष्ट्रपतिले सम्झौतामा राखेका प्रस्तावहरूमा सहमत छैनन्,” नेतान्याहुले भने।
राष्ट्रपति हर्जोगले नेतन्याहू सरकारको न्याय प्रणाली परिवर्तन गर्ने प्रस्तावको बिरूद्ध देशमा दुई महिना भन्दा बढी प्रदर्शनको बीचमा यो कदम चालेका थिए।
मुलुकको अस्तित्व जोगाउनका लागि सहमति आवश्यक रहेको उनले बताए । नेतन्याहुले हर्जोगको प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपतिको प्रस्तावका आधारभूत तत्वहरूले सन्तुलन कायम गर्दैन।
प्रधानमन्त्री विरुद्ध देशभर विरोध प्रदर्शन
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेपछि देशका धेरै सहरमा विरोध प्रदर्शन चर्किएको छ । जेरुसेलमका प्रदर्शनकारीहरूले सर्वोच्च अदालततर्फ जाने सडकमा रातो रेखा कोरेका छन्।
उही समयमा, हाइफाको समुद्र तटमा डुङ्गाहरूको काफिले जहाजको मार्ग अवरुद्ध गरेको देखियो। अन्य धेरै शहरहरूमा प्रदर्शनकारीहरूले सडक अवरुद्ध गरेको रिपोर्टहरू पनि छन्।