नेपालको अभुतपूर्व प्रदर्शन,यूएईलाई हराउदै विश्वकपको क्वालिफायरमा
काठमाडौं । नेपालले अभुतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको निर्णायक म्याच जितेसँगै विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहिवार नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले पराजित गरेको हो।
तीन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।
त्यसपछि खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिदै डक वर्थ लुइसका आधारमा नेपाल विजयी भएको निर्णय लिएका हुन्।
म्याच रेफ्रिको औपचारिक रुपमा नेपालले जितेको घोषणा गरे पछि युएईका खेलाडिले म्याच रेफ्रीसँग विवाद गरेका थिए।
यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि छनोट भएको छ ।
विश्वकप छनौटका खेल अगामी जुन जुलाईमा जिम्बावेमा हुने छ। नेपालले लिग २ मा ३६ खेलबाट ४० अंक सहित शिर्ष तीन स्थान बनाएको छ।
नेपालको जितमा चार ब्याट्सम्यानको अर्धशतक
यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४४ ओभरको समाप्तीमा ६ विकेट गुमाउँदै २६९ रन बनाएको थियो।
लगभग पौने ६ बजिसकेको अवस्थामा भिजिविलिटी कम भएपछि अम्पायरले डीएलएस मेथबाट नेपाल विजयी हुन पुगेको हो।
नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, गुसलन झा र आरिफ शेख गरि चार ब्याट्सम्यानले अर्धशतक बनाए।
विश्वकप क्वालोफायरमा पुग्न प्रतियोगिता शुरु हुनु अगाडि सम्म नेपाललाई १२ खेलमा ११ खेल जित्नै पर्ने दवाव थियो। हेर्दा असम्भवन झै लाग्ने कोर्ष नेपालले सफलता पूर्वक पुरा गर्यो।
नेपालले अहिलेसम्म एक दिवसीयमा तीन सय रन कटाएको थिएन। अझ युएई बिरुद्द तीन सय ११ रनको पहाड छिचोल्न नेपालका लागि असम्भव जस्तै थियो। नेपालको शुरुवात उत्साजन थिएन। शुरुवाती व्याट्सम्यानहरुले निराश मात्र दिलाएका थिए।
नेपालले पहिलो र दोस्रो ओभरमा लगालग दुई विकेट गुमायो। भर गरिएका कप्तान रोहित कुमार पौडेलनै सस्तोमा पेभिलियन फर्किए।
स्कोरबोर्डमा ३७ रनमात्र हुँदा ६.५ ओभरमा कप्तान रोहितकुमार पौडेल पनि आउट भए ।
नेपाल एकाएक दवावमा पर्दा कुशल भुर्तेलले केही सुझबुझ रुपमा खेले । ३० बलमा अर्धशतक लगाउँदै उनले नेपालको आशा जीवित तुल्याएका थिए ।
कुशल र भिम सार्कीले ६१ रनको साझेदारी गरेपछि नेपालको पक्षमा माहौल देखिएको थियो, त्यही समय कुशल आउट भए ।
त्यस पछि भीम सार्कीलाई साथ दिन आरिफ शेख आए । यो जोडीबीच अर्को महत्वपूर्ण साझेदारी भयो, जसले नेपाललाई खेल नेपालको पकडबाहिर जान दिएन ।
पाँचौ विकेटको रुपमा भिम ६७ रनमा आउट भए। जुन समय नेपालले एक सय ६१ रन जोडेको थियो।
चौथो विकेटका लागि भीम सार्कीसँग ६१ रनको साझेदारी गरेका कुशल भुर्तेल १६.३ ओभरमा ५० रन बनाएर आउट भए। पाँचौँ विकेटका रुपमा ६७ रन बनाएका भीम सार्की ३०.६ ओभरमा आउट भए। उनले यसक्रममा आरिफ शेखसँग ८३ रनको साझेदारी गरे। उनी जुनैद सिद्दकीको बलमा एलबीडब्लु आउट भएका थिए।
क्रिजमा गुलसन झा र आरिफ शेख चलिरहँदा पानी हल्का छिट्याउन थालेको थियो। डीएलएसमा पछि रहेको नेपाललाई थप दवाब पर्यो।
यसक्रममा गुलसन झा र दीपेन्द्रसिंह ऐरीले पारि सम्झाल्दै ४४ रनको साझेदारी गरे। झा ५० रनमा अविजित रहँदा ऐरी १० रनमा अविजित रहे।
यस अगाडी यूएईका लागि आशिफ खानले आक्रामक ब्याटिङ गर्दै ४२ बलमा ४ चौका र ११ छक्काको सहायतामा अविजित १०१ रन बनाए।
त्यस्तै बृत्य अरबिन्द ९४ रन बनाएर अन्तिम बलमा आउट भए। अर्को अर्धशतक मोहम्मद वसीमले बनाए। उनले ४९ बलमा ६३ रन बनाउँदा रोहन मुस्तफाले २० रन बनाए।
बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए।
कीर्तिपुरमा उर्लिएका नेपाली … (फोटो फिचर)