कानूनका विद्यार्थीलाई पढाउँदै : एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानून कसरी बनाइन्छ भन्ने कुरा कानूनका विद्यार्थीलाई पढाएका छन् ।
अनेरास्ववियुले बिहीबार काठमाडौँको सभागृहमा आयोजना गरेको कानूनका विद्यार्थीसँग केपी ओली विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले, संघ, प्रदेश र स्थानीय तहले कानुन बनाउन सक्ने र त्यसका आफ्नै प्रक्रिया रहेको बताए ।
उनले भने ‘अहिले तीन तहका सरकार भनेका छौँ हामीले । अहिले संघीय तहमा कानुन निर्माण हुन्छ, प्रदेश तहमा हुन्छ र स्थानीय तहमा कानुन निर्माण हुन्छ । तर आ आफ्नै रुल के हो भने संविधानभन्दा बाहिर गएर कानुन निर्माण गर्न पाइँदैन ।’
उनले संविधान बमोजिम संघीय संसदले कानुन बनाउने भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैले पारित गरेपछि त्यसलाई राष्ट्रपतिले लालमोहोर लगाएपछि त्यो कानूनका रुपमा जाने बताए ।
सोही कानूनसँग नबाझिने गरी प्रदेश र स्थानीय तहहरुले पनि कानून बनाउन सक्ने बताए ।