नेपालको आईसीसी वरियतामा सुधार
काठमाडौं । नेपालको आईसीसी वरियतामा सुधार भएको छ । अहिले आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा ब्यस्त नेपाली टोलीले ८ मध्य ७ खेल जितेपछि वरियतामा २ स्थान सुधार भएको हो ।
नेपाल अहिले १९ औं स्थानबाट १७ औं स्थानमा आइपुगेको हो । नेपालले घरेलु मैदानमा स्कटल्याण्ड र नामेवियाविरुद्धका सवै खेल जित्दै क्लिनस्वीप गरेको थियो भने युएईमा भएको खेलमा ४ मध्ये ३ खेल जितेको थियो । नेपाल अहिले आईसीसी लिग टूको तालिकामा भने पाँचौं स्थानमा रहेको छ ।
आईसीसीको वरियतामा भारत पहिलो र अष्टेलिया दोस्रो स्थानमा रहेको छ भने न्युजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । नेपाल अहिले अमेरिका, युएई र पपुवा न्युगिनीभन्दा अगाडि रहेको छ । नामेविया नेपालभन्दा माथि रहेको छ ।