अमेरिकामा पनि छक्का पञ्जा-४ को आक्रमक शुरुवात
सानफ्रान्सिस्को बे एरियामा पहिलो दिन हाउस फुल
क्यालिफोर्निया, अमेरिका / नेपाली सुपरहिट चलचित्र छक्का पञ्जा-४ ले अमेरिकामा हाउस फुलबाट डेब्यु गरेको छ।
क्यालिफोर्निया स्थित सानफ्रान्सिस्को बे एरियामा रहेको मिलपिटसमा आइतवारको दुई सो नै हाउस फुल भएको स्थानीय सञ्चारकर्मी पवन पौडेलले जनाएका छन्।
‘मिलपिटसमा आइतवारको दुबै सो हाउस फुल भयो, अब मार्च १९ मा रिचमण्ड र मार्च २८ मा सान्तारोजामा सो छ।’ समाज टाइम्स सँगको कुराकानीमा पौडेलले भने।
बे एरियामा चलचित्रको पहिलो शो मिल्पिटास सेरा थिएटरमा रहेको थियो । मार्च १९ मा सेन्चुरी हिलटप थिएटर रिचमन्डमा राखिएको दरबार इभेन्टस र यसबाबु प्रोडक्सनले जानकारी दिएको छ । चलचित्रको थप सोको लागि शान्तारोजा, स्याक्रोमेन्टोमा हल ब्यबस्थापन प्रकृयामा रहेको पनि जानकारी दिएका छन।
चलचित्रको टिकट अनलाइनमा बुक गर्न सकिने ब्यवस्था छ।
हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ।
चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्। नेपालका हलहरुमा पनि चलचित्रको रिलिज अगाबै बूकिङ खुल्ला गरिसकिएको छ।
नेपालमा पनि आक्रमक व्यापार शुरु गरेको छक्का पञ्जा ४ मा समसामयिक विषयवस्तु नै उठान गरेको निर्माताको भनाइ छ।
छक्का पञ्जा ४ को अमेरिका र क्यानडामा अधिकृत वितरक एभेरेस्ट इन्टरटेनमेन्टले पाएको छ।
अमेरिका र क्यानाडाको कुनै पनि सहरमा यो चलचित्र देखाउन चाहनुहुन्छ भने एभेरेस्ट इन्टरटेनमेन्टका CEO अपार श्रेष्ठ लाइ सम्पर्क गर्न सक्नु हुनेछ। सम्पर्कको लागि ४४३ ४१८ ४३४४ वा everestentertainmentusa@gmail.com