अमेरिकामा फागु पूर्णिमा
क्यालिफोर्निया / संयुक्त राज्य अमेरिकामा बस्ने नेपाली समुदायले रंगहरूको पर्व फागु पूर्णिमा (होली) धुमधामका साथ मनाएका छन् ।
नेपालीहरूको अत्यधिक बसोबास रहेको टेक्सास राज्यको अस्टिन सहरमा सोमवार आयोजित बृहत् होली कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको उपस्थिति रहेको थियो ।
नेपाली सोसाइटी अस्टिनद्वारा आयोजित सो कार्यक्रममा एक हजारभन्दा बढीको सहभागिता रहेको सोसाइटीका सदस्य नेत्रबन्धु पोखरेलले उल्लेख गरेका छन् ।
प्रवासको ब्यस्त जीवनशैलीका बाबजूद पनि आफ्नो देशको कलासंस्कृति, चाडपर्व र रितिरिवाजहरूलाई सम्बर्द्धन गर्ने कार्यमा नेपाली समुदाय संधै कटिबद्ध रहिरहने पोखरेलको भनाई छ ।
यता ठूलो संख्यामा नेपालीहरूको बसोबास रहेको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, सिकागो, वासिगंटन डिसी लगायतका ठॉउहरूमा रहेका नेपालीहरूले एक आपसमा रंग साटासाट गर्दै हर्षोल्लासका साथ होली पर्व मनाएको खबर प्राप्त भएका छन् ।