गाडीको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु
काठमाडौं । कमलामाई नगरपालिका–७ सुनिता पेट्रोल पम्प नजिक सडकमा बा.४ ख ६६७३ नम्बरको गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा तिनपाटन गाउँपालिका–११ बस्ने कमल तामाङकी ९ वर्षीया छोरी ममता तामाङ रहेकी छन् ।
प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारकोक्रममा मृत्यु भएको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।