कपिल शर्मा शो कारण ‘सेल्फी’ फ्लप
मुम्बई/ बलिउड खेलाडी अर्थात अभिनेता अक्षय कुमारको फिल्म ‘सेल्फी’ले बक्स अफिसमा खासै कमाल देखाउन सकेन ।
अहिले उनी आफ्नो करियरको कठिन चरणबाट गुज्रिरहेका छन् ।
उनका फिल्महरु लगातार फ्लप भइरहेका छन् । यसपटक अक्षयले आफ्नो पाँचौं फ्लप फिल्म ‘सेल्फी’ लिएर बलिउडमा आएका थिए । यसअघि अक्षयको ‘रक्षा बन्धन’, ‘सम्राट पृथ्वीराज’, ‘कठपुतली’ र ‘राम सेतु’ बक्स अफिसमा फ्लप साबित भएका थिए ।
गेटी ग्यालेक्सीका मालिक मनोज देसाईले अक्षय कुमारले लगातार फ्लप फिल्म दिएको भन्दै आक्रोश पोखेका छन् र यसका लागि कपिल शर्मालाई पनि दोष दिएका छन् ।
अक्षयको कुनै फिल्म रिलिज हुँदा उनी त्यसको प्रमोशन गर्न कपिल शर्माको शोमा पुग्छन् । यस बाहेक अक्षयलाई ‘द कपिल शर्मा शो’ मा धेरै पटक देखाइएको छ । अब यसबारे मनोज देसाईले कपिलका फिल्म लगातार फ्लप हुनुमा कपिललाई जिम्मेवार भनेका छन् । मनोजले अक्षयको ‘द कपिल शर्मा शो’ मा बारम्बार आउने गरेको आलोचना गरेका छन् । अहिले उनको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।