पेन्सिलभेनियाले पायो पहिलो महिला सभामुख
ह्यारिसबर्ग, पेन्सिलभेनिया / जोआना म्याकक्लिंटन पेन्सल्भेनिया राज्यको सभामुख (हाउस स्पिकर) निर्वाचित भएकी छिन्।
दुई महिना पनि पुरा नहुदै मार्क रोज्जीले राजीनामा दिएपछि मंगलवार भएको निर्वाचनमा बहुमत प्राप्त गर्दै म्याकक्लिंटन निर्वाचित भएकी हुन्।
उनी एक मतको बहुमतको बलमा च्याम्बरको शीर्ष स्थानमा उक्लिएकी हुन्। सोमरसेट काउन्टीका रिपब्लिकन उम्मेदवार कार्ल वाकर मेट्जगरलाई म्याकक्लिंटनले हराएकी हुन्।
म्याकक्लिंटन पेन्सिलभेनियाको पहिलो महिला सभामुख बनेकी छिन्। म्याकक्लिंटन यो पदमा पुग्ने दोस्रो अफ्रिकी अमेरिकी पनि हुन्। फिलाडेल्फिया राज्यकी प्रतिनिधि ४० वर्षीय म्याकक्लिटन डेमोक्रेट पार्टीकी हुन्।
“यो एकदमै अविश्वसनीय छ।” सभामुख पदको शपथ लिएपछि म्याकक्लिन्टन भनिन् । ‘यस्ता प्रकारका अवसरहरू आउनको लागि त्यहाँ ठूलो त्याग भएको छ, र म आज यहाँ उभिरहेको छु।’
म्याकक्लिन्टन अधिवक्ता समेत हुन् । उनले सार्वजनिक रक्षक र राज्य सिनेट अधिवक्ताको रूपमा काम गरिसकेकी छिन्।
उनले सन् २०१५ देखि फिलाडेल्फिया र डेलावेयर काउन्टीहरूको भागहरू समेट्ने डिस्ट्रिक एक सय ९१ जिल्लाबाट जनप्रतिनिधिको रुपमा सेवा दिएकी थिएइन।
म्याकक्लिन्टन २०२० देखि डेमोक्र्याटिक फ्लोर लीडर भइन् र त्यो पद सम्हाल्ने पहिलो महिला पनि थिइन्।
फोटो : ट्वीटरबाट