पोखरा विमान दुर्घटनास्थलमै प्रार्थना सभा
काठमाडौं । ७२ जनाको ज्यान जानेगरि भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा पोखरामा प्रार्थना सभा आयोजना गरिएको छ ।
विमान दुर्घटनाको ४५ औं दिनको सन्दर्भ पारेर मंगलबार पोखरा महानगरपालिकाले विमान दुर्घटना भएकै स्थलमा स्मृति प्रार्थना सभा आयोजना गरेको हो ।
महानगरले २०७९ माघ १ गते भएको यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएका दिवंगत आत्माको शान्तिका लागि ४५ औं दिनको पुण्य तिथिमा पाठ सहितको ‘दिवंगतात्मा स्मृति प्रार्थना सभा’ आयोजना गरिएको जनाएको छ ।
सो विमान दुर्घटनामा चालक दलका सदस्यसमेत सबै ७२ जनाको ज्यान गएको थियो ।