राष्ट्रपतिको चुनाव : उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन
काठमाडौं / फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि निर्वाचन आयोगले मंगलवार उम्मेदवारी फिर्ता लिने समय तोकेको छ ।
निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नभए अन्तिम नामावलीको रुपमा २ जनाको नाम सार्वजनिक गर्ने छ ।
राष्ट्रपतिमा ८ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको एकल समर्थनमा उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा रहेका छन् ।
राष्ट्रपति चुनावमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् । उनीहरुको कुल मतभार ५२ हजार ७ सय ८६ रहेको छ । केन्द्रीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहेको छ ।
निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।