यू-१९ क्रिकेटमा नेपालको मलेसियामाथि १० विकेटको जित
काठमाडौं / युएईमा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ । अब अन्तिम खेलमा युएईविरुद्ध नेपाल विजयी भएमा अर्काे वर्ष श्रीलंकामा आयाेजना हुने यू-१९ विश्वकप क्रिकेटमा छनाेट हुने छ ।
मंगलबार भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो । मलेसियाले दिएको ७३ रनको समान्य लक्ष्य नेपालले ९ ओभरमा विकेट नगुमाएर पूरा गरेको थियाे ।
ओपनर दीपक बोहोराले अविजित ३८ रन बनाए भने अर्का ओपनर अर्जुन कुमालले २१ रनकै अभिजित पारि खेले ।
टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३५ दशमलव ३ ओभर खेल्दा सवै विकेट गुमाउँदै ७२ रन बनाएको थियो । मलेसियाका लागि अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मोहमद हैरिल हरिसन र मोहम्ममद स्याहिर स्यामिलले समान १२-१२ रन बनाए ।
नेपालका लागि दीपेश कँडेलले ४ विकेट लिएका थिए भने आकाश चन्दको नाममा ३ विकेट रह्यो ।
त्यसैगरी मिलन बोहोराले २ तथा सुवास भण्डारीले १ विकेट लिए । अब नेपालले आफ्नो अन्तिम खेल आयोजक युएईसँग १८ गते खेल्नेछ ।