क्यानडामा टिकटक प्रतिवन्ध
क्यानडा/ क्यानडा सरकारले भिडियो एप टिकटक प्रतिवन्ध लगाएको छ ।
त्यहाँको सरकारले साइबर सुरक्षा चिन्तालाई ध्यानमा राख्दै टिकटक प्रतिबन्ध लगाएको सीएनएनले जनाएको छ ।
प्रतिबन्ध मंगलबारदेखि लागू हुनेछ । क्यानाडा सचिवालयको ट्रेजरी बोर्डको एक विज्ञप्ति अनुसार, सरकारले जारी गरेका उपकरणहरूलाई टिकटक डाउनलोड गर्नबाट रोक लगाइनेछ ।
ट्रेजरी बोर्डका अध्यक्ष मोना फोर्टियरको कथनले यो निर्णय अन्तर्राष्ट्रिय साझेदारहरू अनुरूप रहेको बताएका छन् । आधा भन्दा बढी अमेरिकी राज्यहरू र युरोपेली आयोगले सबैले आधिकारिक नेटवर्कहरूमा टिकटक प्रतिवन्धको घोषणा गरेका छन् ।
टिकटकका चिनियाँ मालिक बाइटडान्सलाई चिनियाँ सरकारले टिकटक प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी हस्तान्तरण गर्न बाध्य पार्न सक्ने अमेरिकी र सहयोगी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।