‘वैज्ञानिक स्वास्थ्य बिमा शुल्क लागू गर’ : डा. कार्की,निर्वतमान स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । निर्वतमान स्वास्थ्य राज्यमन्त्री डा.तोसीमा कार्कीले वैज्ञानिक ढंगले बिमा शुल्क तोक्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निर्वतमान स्वास्थ्य राज्यमन्त्री कार्कीले लोकतन्त्र र समाजवादी स्वास्थ्य बिमाको मोडल चाहिएको बताइन् ।
उनले भनिन् हामीलाई लोकतन्त्र र समाजवादी स्वास्थ्य बिमाको मोडल चाहिएको छ । यस्तो ढङग्ले स्वास्थ्य बिमा लागू गरिएको छ कि अरबपति नेपाली र मजदुर नेपालीले पनि एकै स्वास्थ्य बिमा शुल्क तिर्नु पर्ने अवस्था छ । त्यसैले वैज्ञानिक रूपले विमा शुल्क तोकियोस् र सरकारले दाबी भुक्तानीको व्यवस्था मिलाओस् ।
समग्र नेपालीहरूलाई स्वास्थ्य विमामा संलग्न गराई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउँन नसकेे संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा लिपिवद्ध गर्नुको कुनै सार्थकता नभएको उनको भनाई छ ।
‘समग्र नेपालीहरूलाई स्वास्थ्य बिमामा संलग्न गराई आकस्मिक स्वास्थ्य सेवा र जीवन रक्षार्थ गरिने उपचार अनिवार्य रुपमा विना कुनै ढिलाई उपलब्ध गराउँनुपर्छ यत्ति पनि गर्न नसके संविधानमा स्वास्थ्यलाई मौलिक हकको रुपमा लिपिवद्ध गर्नुको कुनै सार्थकता छैन् ।’ उनले भनिन् ।
उनले नेपालमा मानसिक स्वास्थ्य सेवाको क्षेत्र विकराल रहेको भन्दै सो क्षेत्रमा सुधार गर्नुपर्ने टिप्पणी गरीन् ।
कार्कीले किर्तिपुर अस्पतालमा तिन ओटा मात्र भेन्टिलेटरसहित आई सि यू र २५ देखि ३० प्रतिशत मात्र जलन भएको बिरामीको उपचार हुने गरेको भन्दै त्यसलाई बढाउन आग्रह गरिन् ।
स्रोत साधनको अभावले स्वदेशमा उपचार गर्न नसकेर विदेश रिफर्र गर्नुपर्ने अवस्था रहेकाले तत्काल अस्पतालको स्वास्थ्य सेवा विस्तार गर्न उनको सुझाव छ ।