एनआरएनएमा असन्तुष्ट पक्षलाई वार्तामा आउन संस्थापन पक्षको औपचारिक आह्वान
पेन्सिलभेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) ले असन्तुष्ट पक्षलाई वार्तामा आउन औपचारिक रुपमा आह्वान गरेको छ।
एनआरएनए वार्ता समितिका संयोजक डिबी क्षेत्री र सदस्य सचिब गंगाधार गौतमले मंगलवार विज्ञप्ति जारी गर्दै वार्ताको आह्वान गरेका हुन्।
सार्वजनिक पत्रमा वार्ता को सँग गर्ने भन्ने स्पष्ट लेखिएको छैन्। ‘विगतमा विभिन्न कारणले संघको मूलधारमा समाहित नभएका’ मात्र भनिएको छ।
‘एनआरएनएलाई सबैको साझा संस्था बनाउनका लागि सवै पक्षलाई समेटेर अघि बढ्नु जरुरी देखिएकोले संवादमार्फत समस्याको समाधान पहिल्याउने जिम्मेवारी संस्थापन पक्षको भएको महसुस गर्दै वार्ताको लागि औपचारिक रुपमा ढोका खोलिएको हो ।’ वार्ता पत्रमा भनिएको छ।
‘विविध कारणबस असन्तुष्ट भएर संघ बाहिर रहेको असन्तुष्ट समूहलाई औपचारिक वार्ताको लागि आह्वान गर्दछौँ ।’