झापामा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
झापा । दमक नगरपालिका–६ पशुपती मार्ग बस्ने पूर्ण बहादुर राईको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले राईसमेत ८ जनालाई पक्राउ गरेको हो ।
उनिहरुलाई जुवातास खेल्न प्रयोग भएको नगद १ लाख १० हजार ५ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।