एनआरएनए अमेरिकाले शुरु गर्यौ भौतिक रुपमा कार्यलय
पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले भौतिक रुपमा कार्यकलय शुरु गरेको जनाएको छ।
विश्वमा सबै भन्दा धेरै सदस्य रहेको एनआरएनए अमेरिकाको अहिले सम्म कार्यलय थिएन्।
कार्यलय संचालनकै लागि भनेर एनआरएनए अमेरिकाले गत अक्टोबरमा भर्जिनियाको फेयर फ्याक्समा रहेको एक भवनको माथिल्लो तलाका केही कोठा किनेको थियो।
एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सुवेदीले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै कार्यलय शुरु भएको जनाएका छन्।
‘कार्यालय भर्जिनिया राज्यको फेयर फ्याक्समा रहेको आफ्नै भवनमा सुरु भएको छ । लामो प्रयास पश्चात् गत अक्टोबर २०२२ मा संस्थाले खरिद गरेको भवनमा एक कर्मचारी सहित कार्यालयको सुरुवात गरिएको छ ।’ सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
‘सम्पूर्ण सदस्यहरूलाई सहज होस् भन्ने उद्देश्यले सचिवालयका कामहरू कार्यालयबाट सम्पन्न गर्न लागेको समेत सबैलाई जानकारी गराउन चाहन्छु।’ अध्यक्ष सुवेदीले अगाडि भनेका छन्’ ‘संस्थालाई आजको यस रूपमा पुर्याउन सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई गैर आवासीय नेपाली संघ अमेरिकाको तर्फबाट हार्दिक धन्यवाद समेत दिन चाहन्छु।’
कार्यालय सञ्चालन सम्बन्धी विवरण :
कार्यालय सम्पर्क नम्बर :- ५७१-७८९-२६७१
सम्पर्क व्यक्ति:- सुमना दवाडी
सम्पर्क इमेल : contactnrnausa@nrnusa.org
कार्यालय ठेगाना:- 10520 Warwick Ave, Fairfax, VA ,22030
कार्यालय खुल्ने समय:- बिहान १०:०० बजे देखी दिउँसो ३:०० बजे सम्म (सोमबार देखी शुक्रवार)