महाशिवरात्रीको दर्शनका लागि बिहान ३ बजेदेखि चारै ढोका खुल्ने
काठमाडौ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर धनश्याम खतिवडाले पशुपतिमा महाशिवरात्री पर्वका लागि भब्य तयारी गरिएको बताएका छन्।
भोली बिहान ३ बजे बाट मन्दिरको चारैवाट ढोकाहरु खुल्ने र चारै ढोकाबाट लाईनबसी र्दशनगर्ने व्यवस्था मिलाइएको उनको भनाई छ ।
उनले भने “महाशिवरात्री पर्व मनाउनको लागि जुन प्रकारका तयारी गर्नुेपर्ने थियो त्यो हामीले पुरा गरेका छौं र भोलीको निमित्त जसरी साज सज्जा गर्नुृपर्ने हो थियो त्यसरी नै साज सज्जाको लागी रङ्ग रोगन गर्ने फुलमाला लगाउने बत्तिहरुले सजाउने कार्यहरु सम्पन्न भएको छ । विभिन्न क्षेत्रबाट आउने साधुसन्त को उपस्थिती भईसकेको छ। गुठीसंस्थानले गर्नैुपर्ने साधुसन्तहरुको व्यवस्थापन सुरुवात भईसकेको छ । ”
भोली राष्ट्रपति ,उपराष्ट्रपति लगायत विभिन्न उच्च पदस्थ अधिकारी र्दशनको लागी पशुपति पुग्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।
यस बर्ष करिब आह्वान गरे अनुसार, करिब ५०० वटा शिविर भण्डाराहरु लगायतका सेवा क्षेत्रहरु र्निधारण गरीएको उनले बताए ।