नुवाकोटको बस दुर्घटनामापरी २ जनाको मृत्यु
काठमाडौ । नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
त्रिशुलीबाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो ।
बसमा सवार २० जना घाइते छन् । उनीहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । डिएसपी खड्काका अनुसार बस सडकबाट २० फिट तल खसेको छ ।
मृतक दुई पुरुषको पहिचान भने खुल्न सकेको छैन । प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ ।