एमाले निकट अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान जारी : आजै नतिजा आउने
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।
प्रज्ञा भवन काठमाडौंमा अस्ति फागुन २ गतेदेखि चलिरहेको २३औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि मतदान भैरहेको हो ।
अहिले ४२ मत केन्द्रबाट मतदान भइरहेको छ । विद्युतीय मतदानको नतिजा आजै आउने अध्यक्षका प्रत्यासी समिक बडालले जानकारी दिए ।उनले भर्ने अहिले मतदान चलिरहेको छ, आजै बेलुकासम्म नतिजा आउँछ ।’
जारी महाधिवेशनमा चार जना नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, मोती विक र लोकेश निरौलाको उम्मेदवारी परेको छ।
याङ्छु योञ्जनले भने समिक बडाललाई सर्मथन गरेपनि समय सकिएकाले उम्मेद्वारी भने फिर्ता लिन पाएनन् । त्यस्तै चार उपाध्यक्षका लागि १७ जना प्रतिस्पर्धामा छन् भने महासचिव पदका लागि पाँच जना प्रतिस्पर्धा छन् ।
सुदर्शन सिवाकोटी, भाष्कर खनाल, नरेश रोकाया, उमेश आचार्य र कल्पना वाइवा महासचिव पदका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् । १० सचिव पदका लागि ५८ जना र कोषाध्यक्षमा पाँच जना चुनावी प्रतिश्पर्धामा छन् ।