पोखरा पुगेर माधव नेपाले भने :’एमालेले राष्ट्रपति पाए देश बर्बाद हुन्छ’
पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद टिप्पणी गरेका छन् ।
समाजवादी प्रेस संगठन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने टिप्पणी गरेका हुन् ।
राष्ट्रपतिका लागि आफ्नो पार्टीले पनि राष्ट्रिय सहमतिका लागि अप्रोच गरेको भन्दै उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए ।