अनेक शक्तिहरु एमालेलाई बर्बाद पार्न सक्रिए छन् : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, बाहिर तथा भित्रका विभिन्न तत्व एमालेलाई बर्बाद पार्न सक्रिए भएको आरोप लगाएका छन् ।
अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘हामीले ५ दलिए गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं । यो सफलताको कुरा हो । संसदको वनावटमा अस्थिरताको बनावट छ । बहुमत कसैको छैन् । भित्रका बाहिरका अनेक शक्तिहरु यो देश र नेकपा एमालेलाई बर्बाद पार्न सक्रिए छन् । ’
नेकपा एमालेले गठबन्धन तोडेर अर्को सरकार बनाएकोमा खुसि व्यक्त गरेका ओलीले अझै पनि आफुहरु विरुद्ध घेराबन्दीको प्रयास भइरहेको संकेत गरे । तर यसअघि पनि चौतर्फि घेराबन्दीबाट माथि उठेको भन्दै उनले एमालेले आफ्नो लक्ष्यप्राप्तिका लागि सक्दो प्रयत्न गर्ने बताए ।
हामीलाई घेराबन्धीमा पारेकै हो । झन्डै हामीले बामपन्थीहरुलाई अनेक हिसावले दुईतिहाईको स्थितिमा पुर्याएका हौं । धेरै प्रहार भयो बाहिर भित्र सबैबाट प्रहार भयो। नेकपा एमालेलाई त ध्वस्तै पारेका हुन् । तर हामीले फेरि पार्टीलाई उठायौं ।’
अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै १९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ । भने १५ सदस्यीय तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ ।