अर्थतन्त्रको विकास गर्न खोज्दा उपदेश मात्र हुन्छ की भन्ने चिन्ता छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको विकास गर्न खोज्दा उपदेश मात्र हुन्छ की भन्ने चिन्ता रहेको बताएका छन् ।
आज काठमाडौंमा आर्थिक पत्रकार समाज सेजनको अवार्ड कार्यक्रमलाई कार्यक्रमलाई सम्बोधनगर्दै उनले भर्ने ‘म तेस्रो पटक प्रधानमन्त्री भएर देशको अर्थतन्त्रको चुनैतिका बीच सरकारको नेतृत्व गर्ने जिम्मेवारी छ । हामीले नयाँ तरीकाले अर्थतन्त्रको विकास गर्न खोज्दा उपदेश मात्र हुन्छ भन्ने मेरो चिन्ता छ त्यसैले रेडिकल रिफर्म जरुरी छ ।’
अर्थतन्त्रलाई सुधार्ने कुरा सजिलो नभएको र प्रधानमन्त्री भएर प्रतिनिधित्व गर्ने कुरा चुनौतीपुर्ण भएको उनको बुझाई छ ।
नेपालको अर्थतन्त्रको बाटो निर्धारित गर्ने कुरा आफुहरुले मात्र गरेर पनि नहुने भन्दै उनले सबैले मिलेर समस्या समाधान गर्नुपर्ने बताए ।
गत साल नेपाल श्रीलंका नै हुने भयो भन्ने त्रास श्रृजना भएको तर २ महिनामै सकारात्मक सुधारका सङ्केत देखिएको भन्दै उनले सबै मिलेर अर्थतन्त्रको सुधारमा लाग्नुपर्ने बताए।