महङ्गी नियन्त्रणका लागि बजार अनुगमन र आन्तरिक उत्पादनमा जोेडदिने अर्थमन्त्रीको अठोट
काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले महङ्गी नियन्त्रणका लागि बजार अनुगम, आन्तरिक उत्पादनमा वृद्धि जस्ता योजनाहरु अगाडि सारेको बताएका छन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडले पुँजीगत व्यवस्थाको लागि कानुन संशोधन समेत गरेको र महङ्गी नियन्त्रणका लागि बजार अनुगमन जस्ता विभिन्न टुल्सहरुको प्रयोग गर्ने बताएका हुन् ।
उनले भने, ‘महङ्गी नियन्त्रणका लागि बजार अनुगमनका गर्न विभिन्न टुल्सहरु प्रयोग गर्छौ । बजार अनुगमन,आन्तरिक उत्पादनमा वृद्धि गर्ने महङ्गी नियन्त्रण गर्ने हाम्रो प्रयास रहनेछ । यो वर्ष मात्र हैन अझै पाँचवर्ष पाँचवटा बजेट अहिलेको सत्ता सहयात्री दलले बनाउँछ । यसमा कुनै दुविधा छैन् । पूँजीगत व्यवस्थाको लागि कानून संसोधन समेत गरेका छौं । ’
उनले अबको ५ वर्ष ५ वटा बजेट सत्ता सहयात्री दलले बनाउने कुरामा कुनै दुविधा नरहेको भन्दै आफुहरुले लिएको कार्ययोजनाहरु सफल गरेर देखाउन सक्छौं भन्ने उदेश्यले काम थालिएको बताए ।