बिना निष्कर्ष नै सकियो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिना निष्कर्ष नै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले निष्कर्ष बिना नै बैठक सकाएको हो ।
हिजो बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो ।
बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए ।