पार्टीको कार्यकर्ता राष्ट्रपति बन्दा संविधान,गणतन्त्र र अहिलेसम्मको उपलब्धि रक्षामा चुनौती : प्रधानमन्त्री
काठमाडौ/ प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यकर्ता राष्ट्रपति बन्दा संविधान, गणतन्त्र र अहिलेसम्मको उपलब्धि रक्षामा चुनौती हुने बताएका छन्।
केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै दाहालले पार्टीको कार्यकर्ता राष्ट्रपति बन्नबाट रोक्न सहमति खोज्नुपर्नेमा जोड दिए।
दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संकेत गर्दै पार्टीको कार्यकर्ता राष्ट्रपति बन्दा संविधान, गणतन्त्र र अहिलेसम्मको उपलब्धि रक्षामा चुनौती बनेको बताए ।
उनले राष्ट्रपतिमा दलहरूबीच सहमति जुटाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली राजनीतिमा राष्ट्रपतिको निर्वाचन पेचिलो बन्दै गएको छ। सत्ता गठबन्धनको हुदाँको सहमति अनुसार राष्ट्रपति आफुले पाउनु पर्ने एमालेको दावी छ।
कांग्रेसले पनि राष्ट्रपतिमा दावी गर्ने बताउदै आएको छ।