चन्द्रकला,संगिता र सरस्वती ईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा छनौट
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा हुने ईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा तीन नेपाली खेलाडी छनौट भएका छन्।
च्याम्पियनसिप मार्च १३ देखि २७ तारिख सम्म हुने छ । च्याम्पियनसिपका लागि चन्द्रकला थापा, संगिता सुनार र सरस्वती रानामगर छनौट भएका छन्।
नेपाल बक्सिङ संघद्वारा आयोतित राष्ट्रब्यापी खुल्ला छनौट प्रतियोगिताको फेदर वैट ५७ किलो तौल समुहको चन्द्र कला छनौट भइन।
उनले फाईनलमा आर्मीकी झापाका सुस्मिता राईलाई पाँच शुन्य अंकको आधारमा पराजित गरिन। ६० किलो तौल समुहको फाईनल खेलमा एपीएफका संगिता सुनारले आर्मीका निरु गुरुङ्गलाई चार एक अंकको आधारमा पराजित गरिन्।
त्यसैगरी मिडिल वैट ७५ किलो तौल समुहको फाईनल खेलमा एपीएफका सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई पाँच शुन्य अंकको आधारमा पराजित गर्दै छनौट भएकी थिईन् ।
बुधवार सम्पन्न भएको फ्लाई लाई वैट ५० किलो तौल समुहको सेमिफाइनल खेलहरुमा एचटुओका अस्मिता दुआलले आरडीएक्सका रमिशा श्रेष्ठलाई चार एकको स्पिलट डिसिजनमा पराजित गरिन। सोहि तौल समुहमा नेपाल प्रहरीका दिवाना शेर्माले आर्मीका आरती बम्जनलाई चार एकको स्पिलट डिसिजलको आधारमा पराजित गर्दै फाईनल प्रवेश गरेकी छिन् ।
५० किलो तौल समुहको फाईनल खेल भोली २६ गते बिहान ८ बजे हुने प्रवक्ता श्याम काजि अवालेले जानकारी दिएकाछन् ।