हवाई दुर्घटनाको कारण एउटा मात्रै हुदैन : अध्यक्ष थापा
काठमाडौं / वायु सेवा संचालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले, नेपालमा हवाई दुर्घटनाको एउटा मात्रै कारण नहुने भन्दै सबै क्षेत्र जिम्मेवार हुनुपर्ने बताएका छन् ।
संघले वायुसेवा सुरक्षाका विषयमा आज काठमाडौंमा भएको अन्तर्क्रिया कार्यक्रममा उनले भने ‘दुर्घटना एउटा कारणबाट हुदैन मल्टिपल कारणबाट हुन्छ, एयरक्र्याफ्ट होला, वेदर होला, टेक्निकल होला, व्यपस्थापन होला, रेगुलेशन होला ।’
उनले हवाई सुरक्षाका लागि हवाई सेवा संचालकदेखि, सरकार तथा नियामक निकाय सम्वेदनशिल बन्नु पर्ने बताएका छन् । अन्तर्क्रियामा सहभागिले नेपाली वायु सेवाको समग्र सुरक्षाप्रति गम्भिर चासो व्यक्त गरेका थिए ।