प्रवासी नेपाली एकता मञ्च अमेरिकाको परिषद् र आयोग अध्यक्ष चयन
पेन्सिलभेनिया,अमेरिका / प्रवासी नेपाली एकता मञ्च अमेरिकाले आयोग र परिषद्को नेतृत्व चयन गरेको छ।
मञ्चका अध्यक्ष शंकर पन्तको अध्यक्षतामा बसेको दोस्रो पूर्ण बैठकले परिषद् र आयोग अध्यक्ष चयन गरेको हो।
जस अनुसार सल्लाहाकार परिषदको अध्यक्षमा डा. भरत रावल चयन भएका छन्। यस्तै बुद्दिजिबी परिषदको अध्यक्षमा डा. राम चन्द्र बराल र अनुशासन आयोग अध्यक्षमा राम प्रसाद ज्ञवालीलाइ जिम्मेवारी दिइएको छ।
अध्यक्ष पन्तका अनुसार आयोग तथा परिषद्ले १५ दिन भित्र पूर्णता पाउने छ। ‘अध्यक्षहरुले बढीमा नौ सदस्यीय टिम बनाउनु हुने छ।’ पन्तले समाज टाइम्स सँग भने,’उहाँहरुलाई सहयोग र परामर्श गर्नका लागि हामीले पाँच सदस्यीय विषेश टिम बनाएका छौ सोही टिमको सहकार्यमा आयोग तथा परिषद्ले पूर्णता पाउछ।
पन्तका अनुसार परामर्श टिममा भीम कार्की, टेक गुरुङ, सिता खरेल, गणेश कुँवर र राधाकृष्ण देउजा रहेका छन्।
बैठकले संस्थाका पदाधिकारीहरु देखि सदस्यहरुको कार्यविभाजन पनि गरेको छ। बैठकले उपाध्यक्षहरुलाई क्षेत्रिय इन्चार्ज तोकेको छ। जसअनुसार पश्चिम क्षेत्रमा उद्धव खनाल , मध्य पश्चिम क्षेत्रमा सरस्वती मुखिया, उत्तर पूर्व क्षेत्रमा सोमेन्द्र रन्जित र डिसी मेट्रो क्षेत्र टँक कुँवरले जिम्मा पाएका छन्।
मञ्चका महासचिव युवराज खनालका अनुसार बैठकले संस्थाको वार्षिक कार्ययोजना निर्माण गरेको छ। यस्तै संस्थालाई आर्थिक रुपमा बलियो बनाउन आवश्यक आर्थिक योजना पनि बनाएको छ।
पाण्डे केन्द्रिय कमिटिमा
यसै बीच बैठकले टेक्सास निवासी चन्द्र पाण्डेलाई केन्द्रिय किमिटीमा मनोनित गरेको छ।
‘संस्थाको स्थापना देखि हालसम्म वहाँले खेल्नु भएको भूमिकाको सम्मान गर्दै र वहाँको महत्वलाई मनन गर्दै टेक्सास निवासी चन्द्र पाण्डेज्युलाइ संस्थाको केन्द्रिय कमिटिमा मनोनित पनि गरिएको छ ।’ महासचिव खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।