राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने निर्णय गरेको छ। केन्द्रीय समिति र संसदीय दलको बिहिवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
सभापति रवि लामिछानेलाई गृहमन्त्रीमा पुनबाहाली नगरे सरकार छोड्ने चेतावानी दिदै आएको थियो।
तर पार्टी र संसदीय दलको बैठकले तत्काल सरकार नछोड्ने निर्णय गरेको हो। बैठकले उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गरेको छ।
यस्तै गृहमन्त्रीका लागि दुई दिन पर्खिने भनेको छ।
सभापति रवि पक्ष सरकार छोड्ने लाइनमा थिए। तर पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सरकारबाट नहट्ने एकरुपता नआए पछि बीचको निर्णय लिइएको हो।
फोटो राष्ट्रिय स्वतन्त्र पार्टीको फेसबुक पेजबाट