बसको ठक्करबाट बालिकाको निधन : स्थानीयहरुले गरे सडक अवरुद्ध
काठमाडौं । काभ्रेको भकुण्डेबेसीमा बसको ठक्करबाट बालिकाको निधन भएपछि स्थानीयहरु आक्रोशित भएर बसमा आगजनी गरेका छन् ।
आक्रोशित स्थानीयहरुले सडक समेत बन्द गराएका छन् । सडक खुलाउन पहल भइरहेको डिएसपि ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।
‘मेयर लगाएत प्रशासनको रोहवरमा पिडित परिवारसंग छलफल भईरहेको छ । हामी अवरुद्ध बाटो खुलाउने प्रयासमा छौं ।’
बनेपाबाट काभ्रेको खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले ठक्कर दिँदा ८ वर्षीय बालिकाको निधन भएको प्रहरीले जनाकरी दिएका छन् । बालिकाको शव घटनास्थलमै रहेको प्रहरीको भनाई छ ।