एमबिबिएस विद्यार्थीको माईतीघरमा प्रर्दशः सरकारले आफ्ना माग बेवास्ता गरेको गुनासो
काठमाडौं । एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत पिडित विद्यार्थि सङघर्ष समितिले आज माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
परीक्षा रोकिएको विषयमा समेत सरकारले बेवास्ता गरेको भन्दै विद्यार्थिहरुले समस्या समाधानका लागि गम्भिर बन्न आग्रह गरेका छन् ।परीक्षाको लागि सुल्क लिएर परीक्षा गर्ने तर्फ भने सरकारले चासो नदिएकाले प्रर्दशनमा उत्रिनु परेको उनीहरुको भनाई छ ।
पिडित विद्यार्थी देवान्सी राध्याले २ वर्ष पढेर पाँच वर्षको शुल्क तिरिसकेको भन्दै परीक्षा नभए शुल्क फिर्ता गर्नुपर्ने चेतावनी दिएकी छन् ।
आफु लगायत ३ सय भन्दा धेरै विद्यार्थिहरुको समस्या समाधान नभएसम्म आफुहरुको आन्दोलन नरोकिने उनको भनाई छ ।
‘‘२ वर्ष पढेर पाँच वर्षको शुल्क तिरिसकेको छौं । अव कि हाम्रो शुल्क फिर्ता हुनुपर्यो कि भने परिक्षा लिनुभयो । नत्र हाम्रो कुरा म्यामले अझै सुन्नुभएन भने आन्दोलनमा उत्रिरहने छौं ।’’
२०७६ देखि चलिरहेको परीक्षाबाट आफुहरुलाई बञ्चित गरिएको पिडित विद्यर्थिको गुनासो छ ।