दिपकराज गिरीको स्टाटसमा बालेनको प्रश्न “बालेन जस्तै अरु पनि छन् ?”
काठमाडौं । साह्रै नै असहिष्णु र कुनैपनि कुरामा प्रतिक्रिया जनाइ हालेर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह अर्थात बालेन आलोचनामा पर्ने गरेका छन् ।
मंगलवार बेलुकी मात्रै पनि अभिनेता दिपकराज गिरीले गृहमन्त्री रवि लामिछाने र मेयर बालेनको समर्थन गर्दै फेसबुकमा लेखेको स्टाटसमा उल्टै बालेनले प्रश्न गरेका छन् ।
गिरीले राजनीतिक दलहरुलाई वर्षौंसम्म कुरेको भन्दै रवि बालेनहरुलाई कम्तीमा ५ वर्ष कुरौं भनेर लेखेका छन् ‘हामीले कांग्रेस, एमाले र माओवादीलाई वर्षौ विश्वास गर्यौं, अब रवि बालेनहरू आएका छन् । उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’
प्रतिक्रियामा मेयर बालेनले लेखेका छन्, ‘बालेनहरु भनेको कतिजना हो ? बालेन जस्तै अरु पनि छन् ? छन भने किन ५ वर्ष कुर्नु ?’